2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

साउन ११, उदयपुर | जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । 

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो । 

गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका लागि दुबै गाउँपालिका र नगरपालिकका साथै अन्य ठूला निजी कम्पनीको आर्थिक लगानीका लागि छलफल भएर सहमति नजिक पुगेको उहाँले जानकारी दिनुभयो । 

यस्तै रौता पोखरी क्षेत्रमा यसै आवदेखि नै भ्यूटावर निर्माण गरिने, विद्युत्, खानेपानी, र प्रहरी चौकी स्थापना र गेष्टहाउस निर्माण गरी चार वर्षभित्र रौता क्षेत्रलाई जिल्लाकै बृहत् पर्यटकीयस्थलका रुपमा विकास गरिने सोही गाउँपालिकाकको उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो ।सो गुरुयोजनाका लागि झण्डै रु एक अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ । 

अबको चार वर्षभित्र उदयपुर जिल्लाको धार्मिक पर्यटकस्थल रौता क्षेत्र जिल्लाकै पहिलो धार्मिक तीर्थस्थलको रुपमा पूर्ण विकसित हुने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार मिटरको उचाइमा अवस्थित रौता पोखरी क्षेत्रमा जिल्लाकै धार्मिक पवित्र तीर्थस्थल रौता पोखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा 

दैनिक २०० सम्म तीर्थयात्री आउने गरेको स्थानीय जुद्धबहादुर मगरले बताउनुभयो । 

उच्च पहाडी क्षेत्रमा रहेको रौताबाट सगमाथा हिमालसहित, सोलुखुम्बु, ओखलढुंगा खोटाङ भोजपुर जिल्ला देख्न सकिन्छ भने दक्षिणतर्फ सुनसरीको इटहरी, दुहबी, सप्तकोशी, सिरहा र जनकपुरसमेत देख्न सकिने रौता गाउँपालिका–३ का कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

केबलकार जडान, भ्यूटावर निर्माण कार्यले अब रौता क्षेत्र जिल्लाकै बृहत् पर्यटकस्थलका रुपमा विकासित हुने र योजना सम्पन्न भएपछि रौतामा वार्षिक सातलाखसम्म पर्यटक भित्र्याउन सकिने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई