२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

२०७५, ११ श्रावण शुक्रबार ०६:३५

सन्देश पौडेल | साउन  ११, लमजुङ |

“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, 

तोयानाथ पण्डित हलो जोति बिग्रे ।” 

देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिक रुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । 

राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्राउ गरी जेल हाल्यो । त्यतिबेला हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुबाट नै विरोध पनि भएको थियो । 

ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । 

पहिलो पटक २००६ मा दुराडाँडामा हलो जोतेपछि २००८ सम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भातभान्छा रोकियो, माइत आएका छोरीबेटी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीको बिहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात बार्ने काम भयो । कतिले हेर्न गएको थिइन् भनी ढाँटेर बिहे गर्नुपर्यो । समाज अस्तव्यस्त भयो । 

बाहुनले हलो जोतेको भनेर गरिएको विभेद् तीन वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलो क्रान्तिको धेरैले प्रशंसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन् भनेर ढाँट्ने पनि पछि त म पनि गएको थिएँ भन्न थाले । 

वर्षै साल लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलो क्रान्तिका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङवासीको छ । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले राज्यले आफुहरुको आवाज नसुनेको गुनासो गनुहुन्छ । 

यो घटना इतिहासमा हलो क्रान्तिको रुपमा अंकित छ । हलो क्रान्तिको रुपमा साउन ११ गते दुराडाँडाँमा वर्षेनी हलोत्कर्षक दिवश मनाउने गरिएको छ । तर, यस कार्यले मात्रै यस क्रान्तिको मर्म नपुग्ने र यसलाई राष्ट्रिय हलो क्रान्तिकै रुपमा देशभर मनाउनु पर्नेमा प्रतिष्ठानका सदस्य ऋषिराम खनियाँ बताउनुहुन्छ । 

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोतेर सामाजिक अभियान शुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ । हलो जोतेको दुराडाँडाको अच्र्यालेनीस्थित बाटे गरामा एक रोपनी जग्गा तोयानाथको नाममा छ । 

उहाँकै नामबाट उद्यान पनि बनेको छ । यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यका साथ हलो क्रान्ति नेपाल तोयनाथ स्मृति प्रतिष्ठान नेपाल लागिपरेको छ । 

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन उठेको मागलाई राज्यले सम्मान गर्न सकेको छैन । हलो क्रान्तिलाई सामाजिक अभियानको रुपमा स्वीकार गर्दै क्रान्तिका नायकको स्मृतिमा विशेष कार्यक्रम गर्ने नगरपालिकाको योजना छ । “परिवर्तनका नायकलाई राज्यले सम्झनै पर्छ, हामी नगरपालिकाबाट पनि विशेष पहल गर्छौ” नगर प्रमुख जनकराज मिश्रले भन्नुभयो । 

उनान्साठीऔं हलो क्रान्ति दिवसको अवसरमा लमजुङको दुराडाँडाको अच्र्यल्यानीमा आज विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छ । ब्राहमणहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज साहित्यक कार्यक्रम आयोजना गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ