2026-08-25 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘हलेसी’–साईनो स्टार मंसिरबाट

चिसाङ शेर्पा | साउन ११, खोटाङ | खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’–साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पुर्याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी–साईनो स्टार सञ्चालन हुने भएको हो ।

खोटाङबाट सञ्चालित हलेसी टाईम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुइ नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’–साईनो स्टार’ सुरुवात हुने शुक्रबार साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएर सुरुवात हुने हलेसी–साईनो स्टारको पहिलो चरण अडिसन मंसिर ९ गते साकेला गाउँपालिका, १० गते दिप्रुङ चुईचुम्मा गाउँपालिका, १२ गते खोटेहाङ गाउँपालिका, १४ गते जन्तेढुंगा गाउँपालिका, १६ गते बराहपोखरी गाउँपालिका, २० गते हलेसी तुवाचुङ नगरपालिका, २१ गते रावाबेंशी गाउँपालिका, २२ गते ऐसेलुखर्क गाउँपालिका, २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, २६ गते केपिलासगढी गाउँपालिका र मंसिर २८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपा बजारमा अडिसन हुने हलेसी–साईनो स्टार संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गाउँपालिका स्तरीय अडिसनबाट दश÷दश जना छनौट गरीनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलबाट दश÷दश जना गरी बिसजना छनौट गरिनेछ । प्रतियोगितामा छिमेकी जिल्लाका ईच्छुकहरुले समेत भाग लिन सकिनेछ ।

गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा माघ पहिलो हप्ता सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुने हलेसी–साईनो स्टारका निर्देशक डिएम चाम्लिङ राईले बताए । प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने