२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ मा काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगित

१३ श्रावण २०७५, आईतवार ०९:२८

साउन १३, बुटवल । प्रदेश नं ५ मा आज विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ । 

बैठक शुरु हुनासाथ सदस्य निर्मला क्षेत्रीले संविधानले व्यवस्था गरेबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने जिकिर गर्दै स्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै प्रदेशसभाको बैठक सञ्चालन हुने बताउनुभयो । 

प्रदेशसभाका सदस्य क्षेत्री बोल्नासाथ विपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सोमबारसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो । बैठकमा प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेश हुने कार्यसूची थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का