२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको आधार तय हुन गरीे विकास गर्नुपर्ने : मुख्यमन्त्री राई

१३ श्रावण २०७५, आईतवार १२:१९

साउन  १३, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ । 

प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएकामा प्रशंसा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले सडक वर्गीकरण गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिँदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकमा कालोपत्र देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । 

उहाँले १ प्रदेश निर्वाचन क्षेत्रमा सडक, पुल र नदी नियन्त्रण भवन, सिँचाइ आदि क्षेत्रका आयोजना छनोट गरी कार्य गर्नुपर्नेमा जोड दिँदै जनताको विकासप्रतिको चाहना र सरकारको सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

मुख्यमन्त्री राईले व्यवस्थित शहरको विकासका लागि ढल, सडक र फोहरमैला व्यवस्थापनका लागि स्थानीय सरकारसँगको हातेमालो गर्न प्रदेश सरकार तयार रहेको भन्दै शहरलाई कुरुप देखाउने केवलका तार भूमिगत गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले प्रदेशका १४ जिल्लाको एक÷एक स्थानमा एकीकृत बस्ती विकासमा निर्माण गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै यसबाट प्रदेश सरकारको बजेट खर्च कम हुनुका साथै शहर सुन्दर र व्यवस्थित हुने धारणा व्यक्त गर्नुभयो ।। 

समीक्षा बैठकमा प्रदेश प्रमुख सचिव सुरेशमान प्रधानले प्रदेश सरकारले निर्माण गरेका विकासका पूर्वाधारमा देखिने गरी विस्तृत विवरण साइन बोर्ड राख्नुपर्नेमा जोड दिँदै समुन्नतिको आधार पूर्वाधार विकास भएको बताउनुभयो । 

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले पाँच महिनाको छोटो अवधिमा उद्देश्यअनुरुप कार्य गर्न सफल भएको बताउनुभयो । 

समीक्षा बैठकमा आवास तथा शहरी विकास महाशाखाका प्रमुख मिलन आचार्य, सडक तथा व्यवस्थापन महाशाखाका प्रमुख रेवतीरमण पराजुली, जलस्रोत तथा ऊर्जा विकास महाशाखाका प्रमुख सयनकुमार श्रेष्ठ र प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख अशोकुमार साह र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय झापाका एकराज भट्टराईले आ–आफ्नो शाखाअन्तर्गत आव २०७४÷७५ र आगामी आव २०७५÷७६ मा गर्ने कार्यका सम्बन्धमा अवधारणा प्रस्तुत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का