२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासका लागि भ्रष्टाचार बाधक छ : अध्यक्ष राणा

१४ श्रावण २०७५, सोमबार १४:२२

साउन १४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । 

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ ।” 

अध्यक्ष राणाले दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले अनियमितता गर्ने कर्मचारी, व्यापारी, राजनीतिज्ञ, समाजसेवी लगायतलाई दण्डित गर्नुपर्नेमा जोड दिँदै देश विकासका लागि भ्रष्टाचार बाधक रहेको बताउनुभयो । 

जनताको चाहना शान्त र समृद्ध नेपाल निर्माण रहेको उल्लेख गर्दै उहाँले मुलुकमा बढ्दै गएको वैदेशिक चासोले देशको हित नगर्ने बताउनुभयो । 

अध्यक्ष राणाले भन्नुभयो, “मुलुकको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन राष्ट्रवादी शक्तिको खाँचो छ, त्यसका लागि राष्ट्रवादी चिन्तन भएका सबै पार्टी एकताबद्ध हुन आवश्यक छ ।” 

पार्टीका महामन्त्रीद्वय ध्रुवबहादुर प्रधान र राजाराम श्रेष्ठ, महिला विभाग प्रमुख कमला शर्मा, प्रवक्ता राजेन्द्र गुरुङलगायतले पार्टीका वैचारिक दृष्टिकोण तथा आदर्शलाई देशभरका कार्यकर्तामार्फत जनतालाई बुझाउनुपर्नेमा जोड दिदैं स्थानीय जनताको विभिन्न समस्या समाधानका लागि संगठन क्रियाशील भई संगठन सुदृढीकरण गर्नुपर्ने बताउनुभयो । 

सहप्रवक्ता किरण गिरीले अनावश्यकरुपमा बढाएको करको दायरालाई घटाउन सरकारलाई दबाब दिने उद्देश्यले पार्टीले सशक्त कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

कार्यक्रममा राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागतसमेत गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का