Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने

By साझासवाल 6 मिनेट पढाइ

दान बहादुर बुढा | साउन १४, मुगु | प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि पाँच दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ ।

तालिममा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाहरुको सर्वांगीण विकासका लागि नव दम्पत्ति, गर्भपती महिला, अभिभावक, तथा स्याहारकर्ताहरुमा जनचेतना जागरण गर्ने, उपयुक्त तरीकाले  उत्प्रेरणावर्धक वातावरणमा बालबालिका हुर्काउने र उनीहरुको आत्मविश्वास बढाउनमा अभिभावक तथा स्याहारकर्ताहरुको भूमिकालाई सक्रिय बनाउने विषयवस्तु समेटिएका कुरा तालिमका प्रशिक्षक शशी वि.सी. ले जानकारी गराउनु भयो । त्यसैगरी, अभिभावक शिक्षा सञ्चालनको क्रममा सत्र सहजीकरणका चरणहरु, हालसम्मका राम्रा अभ्यासहरु, आगामी दिनहरुमा सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषण, एवं शिशु बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षामा बालबालिकाहरुलाई नियमित सहभागी गराउन प्रेरित गर्ने प्रभावकारी उपायहरु बारेमा समेत विचार आदानप्रदान गरिएको थियो । विगतको शैक्षिक प्रणालीमा प्रारम्भिक बाल विकास केन्द्रलाई विद्यालय शिक्षाभन्दा बाहिर राखेको थियो भने संघीय शासन प्रणालीले विद्यालय क्षेत्र विकास योजनामार्फत विद्यालय शिक्षाको अभिन्न अंगको रुपमा लिएको छ ।

प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षाको नीति, कानून तथा मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमनको पूर्ण अधिकार स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको हुँदा यसको दिगो तथा प्रभावकारी व्यस्थापन गर्न स्थानीय सरकारले प्रत्यक्ष संलग्नता र सहभागिताको लागि पहल र भूमिका खेल्नु पर्ने बारेमा तालिमका सहभागीहरुले धारणा व्यक्त गर्नुभएको थियो ।

तालिम विभिन्न चार चरणहरुमा सञ्चालन भएको हो । पहिलो चरण र दोश्रो चरण असार २१ देखि ३१ गतेसम्म छाँयानाथ रारा नगरपालिको गमगढीमा भएको थियो भने तेश्रो र चौथो चरण श्रावण १९ देखि २३ गतेसम्म गमगढी र खत्याड गाँउपालिकाको माझचौरमा भएको थियो । तालिममा मुगुमकार्मारोंग गाँउपालिकाबाट ४ जना, सोरु गाँउपालिकाबाट २० जना, खत्याड गाँउपालिकाबाट २० र छाँयानाथ रारा नगरपालिकाबाट ३९ जना सहजकर्ता एवं शिक्षा विकास तथा समन्वय ईकाइबाट ४ जना गरी जम्मा ८७ जना सहभागीहरु हुनुहुन्थ्यो ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागको सहकार्य तथा यूनिसेफको आर्थिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्रत्यक्ष सहजीकरणमा तालिम सञ्चालन भएको हो । छाँयानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीको प्रमुख अध्यक्षतामा गमगढीमा भएको सबै चरणको तालिमको समापन समारोहमा प्रमुखबाट प्रारम्भिक बाल विकास केन्द्रको लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।