सौगात दियौ तिमीले हास्न हैन रुनलाई।।
त्यसैले त डर
लाग्छ तिम्रो तस्बिर छुनलाई।।
संगै जिउने मर्ने तिमीले झुटो कसम किन
खायौ।
हासो खुशी लुटी सारा आज पराई हुनलाई।।
कहाँ पुग्यौ
कता लाग्यौ डोबाटोमा एक्लै छोडी।
भेटेउ मेरी माया भनि सोधी रहन्छु
जुनलाई।।
अतितले झस्काई रहन्छ हर पल एकै तमासे।
मनको पिडा
भयो गाह्रो आशु बगाई धुनलाई।।
खोटाङ, बतासे – १ दिनुवा