२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

१७ श्रावण २०७५, बिहीबार ०८:१६

साउन १७, लमजुङ | गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ । 

बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताउनुभयो । 

“पहिरो करीब १०० मिटर लामो छ, हामीसँग भएको सानो एक्साभेटरले पहिरो पन्छाउन सकिएन,” सहायक प्रजिअ थापाले भन्नुभयो “सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ, जतिसक्दो छिटो पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्छौं ।” 

पहिरोले पैदलयात्रुलाई समेत हिँड्न कठिनाइ भएकोमा तत्कालका लागि प्रहरी परिचालन गरी पैदलयात्रा गर्नसक्ने बनाइएको छ । पहिरोस्थलमा माथिबाट ढुंगा झरिरहेकाले प्रहरीको सहायतामा यात्रुलाई पहिरो कटाउने गरिएको छ । 

“तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिए पनि पैदलयात्रा गर्नसक्ने बनाएका छौँ” प्रहरी नायब उपरीक्षक यादव ढकालले भन्नुभयो । पहिरोमा ढुंगा झरिरहेकाले यात्रुलाई पहिरो कट्न प्रहरीले सहयोग गरिरहेको छ । 

यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका हुँदै मनाङ पुग्ने सर्वसाधारण, सदरमुकाम आउने सेवाग्राही । अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन् । बर्षा लागेसँगै लमजुङ–मनाङ सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य