२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

२०७५, १७ श्रावण बिहीबार ०८:१६

साउन १७, लमजुङ | गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ । 

बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताउनुभयो । 

“पहिरो करीब १०० मिटर लामो छ, हामीसँग भएको सानो एक्साभेटरले पहिरो पन्छाउन सकिएन,” सहायक प्रजिअ थापाले भन्नुभयो “सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ, जतिसक्दो छिटो पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्छौं ।” 

पहिरोले पैदलयात्रुलाई समेत हिँड्न कठिनाइ भएकोमा तत्कालका लागि प्रहरी परिचालन गरी पैदलयात्रा गर्नसक्ने बनाइएको छ । पहिरोस्थलमा माथिबाट ढुंगा झरिरहेकाले प्रहरीको सहायतामा यात्रुलाई पहिरो कटाउने गरिएको छ । 

“तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिए पनि पैदलयात्रा गर्नसक्ने बनाएका छौँ” प्रहरी नायब उपरीक्षक यादव ढकालले भन्नुभयो । पहिरोमा ढुंगा झरिरहेकाले यात्रुलाई पहिरो कट्न प्रहरीले सहयोग गरिरहेको छ । 

यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका हुँदै मनाङ पुग्ने सर्वसाधारण, सदरमुकाम आउने सेवाग्राही । अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन् । बर्षा लागेसँगै लमजुङ–मनाङ सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण