२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

२०७५, १८ श्रावण शुक्रबार ०५:३८

साउन १८, कञ्चनपुर | वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । 

भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” 

‘दुई घण्टा पैदल हिंडेर बैंक पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भन्नुभयो, “बैंकमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।” 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैंकमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो । 

नगरपालिकाले आव ०७४÷७५ मा रु सात करोड ८७ लाख ९३ हजार ६०० रकम सामाजिक सुरक्षा भत्तावापत वितरण गरेको छ । ज्येष्ठ नागरिक दलित ५६१ जनालाई रु ६७ लाख ३२ हजार, ज्येष्ठ नागरिक एक हजार ५९१ जनालाई रु एक करोड ९० लाख ९२ हजार, विधवा एक हजार ६१० जनालाई रु एक करोड ९३ लाख २० हजार रकम वितरण गरिसकेको छ । 

यसैगरी, पूर्ण अपांगता भएका १९३ जनालाई रु २७ लाख १२ हजार, अति असक्त अपांगता भएका १४३ जनालाई रु १० लाख २९ हजार ६००, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता ७७४ जनालाई रु ३३ लाख ८८ हजार र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता दुई हजार १३३ जनालाई रु दुई करोड ५५ लाख ९६ हजार रकम वितरण गरिएको छ । 

भत्ताको रकम वितरणको कार्यलाई घर दैलोमै पुर्याउनका लागि योजना बनाइरहेका छौँ नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “घरघरमै भत्ताको रकम वितरणको कार्य गरिएपछि ज्येष्ठ नागिरकलाई सहजरुपमा सेवा पुर्याएको महसुस हुनेछ ।” 

टाढाको बैंकसम्म जानुभन्दा वडामै भत्ताको रकम वितरणको व्यवस्थाले केही सहज भएको उहाँको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै