2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

थामखर्क विमानस्थल कालोपत्र भएन

साउन १८, खोटाङ | गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । 

ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिनुभयो । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण विमानस्थल कालोपत्रको काम समयमै सम्पन्न हुन नसकेको हो । यस वर्ष छिटो वर्षा शुरु भएकाले असार मसान्तअघि कालोपत्र गर्न नसकिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । गत असार मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी रु नौ करोड २५ लाख २९ हजार लागतमा विमानस्थल कालोपत्रको काम थालिएको हो । विसं २०७४ माघमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा विमानस्थल निर्माणको कार्यतालिका बनाइएको थियो । 

कार्यतालिका अनुसार ठेकेदारले गत जेठमा कंक्रिटको काम तथा असार मसान्तभित्रमा सबै काम सम्पन्न गरेर प्राधिकरणलाई जिम्मा लगाउने लिखित प्रतिबद्धता गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई