२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

धर्मधाम’मा पर्यटकीय आकर्षण बन्दै श्रीकृष्ण प्रणामी मन्दिर

२०७५, १९ श्रावण शनिबार ०२:१३

नारायण ढुंगाना | साउन १९, चितवन | रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ । 

मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा ५०० सम्म धार्मिक पर्यटकहरु मन्दिर घुम्न आउँछन् । 

रत्ननगर नगरपालिका–११ जिरौनामा झण्डै रु सात करोडको लागतमा बनेको उक्त धर्मधाम गत फागुन ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । विसं २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो । १५ कठ्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ । 

“सुनेको थिएँ, आज घुम्न पाउँदा आनन्द लाग्यो, चितवन पर्साका सागर श्रेष्ठले भन्नुभयो, मन्दिर र मूर्तिको नमूनाले मनै लोभ्यायो।” उहाँसँगै आउनुभएकी दिदी सम्झना श्रेष्ठले पनि मन्दिर देख्न पाउँदा हर्षित हुनुभयो । धर्मधामलाई पृष्ठभूमिमा पारेर उहाँहरूले कहिले संयुक्त फोटोमा सेल्फी त कहिले एक अर्काको फोटो खिच्नुभयो । 

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै नौ किलोमिटर टाढा पर्छ धर्मधाम । धर्मधामका अध्यक्ष श्याम बरालले दशकौँदेखिको मुठीदानले सपना साकार भएकामा खुशी व्यक्त गर्नुभयो । मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड नै हुन्छ । साउनको सोमबार भने झन् बढी आउने गरेका छन् । 

धर्मधाम मन्दिर अत्याधुनिक नमूनाका साथै सुन्दर पनि छ । वृद्धाश्रम, यज्ञमण्डप, भोजनालय, उद्यानसहितको मनोरम दृष्यका साथै आकर्षक द्वार पनि मन्दिरबाट देख्न सकिन्छ । मन्दिर वरिपरि विभिन्न देवीदेवताका सुन्दर मूर्ति छन् । चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र पनि यहाँ राखिएको छ । 

मन्दिरभित्र राधा र कृष्णको आकर्षक कलाशैलीका मूर्ति निर्माण गरिएको छ । आधुनिक तर परम्परागत रुपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ता र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएको छ । सुनको छानोझैं देखिने गजुरले झन् त्यसमा शोभा थपेको छ । कृष्णले बृन्दावनमा संगीसँग खेलेका दृष्य समेत कुँदिएको छ । 

हालसालै मात्र धर्मधाममा रु सात लाख ७५ हजारको लागतमा सत्संग भवन निर्माण गरिएको छ । यसमा दैनिकजसो सत्संग हुने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य जगदिशचन्द्र शर्माले बताउनुभयो । मन्दिर देशकै नमूना भएको दावी शर्माको थियो । 

स्थानीय उर्मिला खड्का पनि दैनिकजसो नै मन्दिरमा आएर पुजाआजा गर्नुहुन्छ । “मन्दिरमा आउँदा आनन्द महसुस हुन्छ”, उहाँको प्रतिक्रिया थियो । दैनिक कथावाचन र आरतीले धार्मिक आस्था भएकालाई खुशी तुल्याएको छ । बिहीबारदेखि यहाँ एक महिने वितक कथा (कृष्ण कथा) बाचन समेत शुरु भएको छ । 

रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले पर्यटन मन्दिरको रुपमा स्थापित धर्मधामले रत्ननगरको पर्यटन विकासमा सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने उहाँको भनाइ थियो । 

प्रदेश नं ३ को प्रदेशसभा सदस्य कञ्चन खनालले धर्म र राजनीतिको उद्देश्य समाज विकास र सुधार नै भएकाले यी दुईको फ्यूजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उक्त धर्मधामको गत फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी