2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा वर्षदिनमा १०१ जनाको मृत्यु, आत्महत्या गर्नेको संख्या धेरै

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | खोटाङमा आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १ जनाको मृत्यु भएको छ । ५७ जना पुरुष, ३९ जना महिला, २ जना नावालक र ३ नावालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झुण्डिएर ३९ जना, कर्तब्य ज्यानमा ४ जना, विषादी सेवनमा १४ जना, भवितब्यमा ३८ जना, सवारी दुर्घट्नामा ४ जना र अन्य २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ ।  

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मै ६७ वटा मुद्दा फछ्र्यौट भएको छ । कूल १ सय ६२ मुद्दा मध्ये विपक्षी खुलेका उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो । विपक्षी नखुलेका ९५ वटा मुद्दा पेण्डिङमा रहेको छ ।

वर्षदिनमा प्रहरीले तीनवटा कर्तब्य ज्यान मुद्दामा तीनै जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । प्रहरीले केही सार्वजनिक अपराधका २१ वटा घट्नमा संलग्न २१ जना र ज्यान मार्ने उधोगको ९ वटा घट्नमा संलग्न ८ जनालाई पक्राउ गरेको थियो । ज्यान मार्ने उधोगको फरार एकजनाको खोजी भईरहेको बताइएको छ । 

जर्बजस्ती करणी उधोगमा ४ वटा घट्नामा ३ जना पक्राउ, एकको खोजी, हात हतियार ओसारपसार तीनवटा घट्नामा संलग्न ४ जना, जर्बजस्ती करणीका ८ घट्नामा ७ जना, खोटा चलन (नक्कली नोट छाप्ने) एकवटा घट्नामा २ जना पक्राउ परेका थिए । यस्तै, साना चोरीका ५ घट्नामा ५ जना पक्राउ, बहुविवाहको तीनवटा घट्नामा १ जना पक्राउ, सवारी ज्यान ४ वटा घट्नामा ४ जना पक्राउ, अपहरण तथा शरीर बन्धकमा १ जना, मानव बेचबिखनमा १ जना, कालोबजारी १ जना र नागरिकता किर्ते घट्नमा संलग्न ५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरी मुद्दा चलाइएको अभियुक्तहरु केही पुर्पक्षका लागि थुनामा र केही रिहाई भइसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई