२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउनुपर्ने

२०७५, १९ श्रावण शनिबार ०७:३१

साउन १९, लहान | तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा सहभागीले परम्परागत सोच र देखासिकीका कारण बढ्दो दाइजो प्रथाले गर्दा कतिपय महिलाले ज्यान गुमाउनु परेकाले यसलाई अन्त्य गर्न सरकारले विशेष अभियान नै चलाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्णले अशिक्षित र गरीबभन्दा पनि पढेलेखेका र धनी परिवारमा दाइजो प्रथा व्याप्त रहेको उल्लेख गर्नुहुँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले विशेष अभियान ल्याउनुपर्नेमा जोड दिनुभयो । 

पितृसतात्मक सोचका कारण अझै महिला दाइजोको निहुँमा हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशसभाले महिलाको पक्षमा कानून निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले दाइजो प्रथाका कारण थुप्रै महिलाले घरेलु हिंसा भोग्नुपरेकाले यसलाई नियन्त्रण गर्न स्थानीय तहले पनि पहल गर्ने बताउनुभयो । 

सो अवसरमा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका–३ का वडाध्यक्ष सत्यनारायण साह, महिला नेत्री सरस्वती चौधरी, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रमेश दाहाललगायतले दाइजो नल्याएकै कारण ज्यान गुमाउनु पर्ने सामाजिक परिस्थिति बन्नु निकै गम्भीर कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस