2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विद्यालय शिक्षा अभियान कार्ययोजना

साउन १९, विराटनगर | प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । 

मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पुर्याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताउनुभयो । 

संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरस्वती मावि काजुपाडा रतुवामाई नगरपालिका मोरङका कक्षा नर्सरीमा भर्ना भएका एलिशा खातुन, सुदर्शन मुर्मू र विनोद मुर्मूको अध्यायन सम्बन्धमा अभिभावकत्व ग्रहण गर्नुलाई प्रदेश सरकारको शिक्षा प्रतिको प्रतिबद्धता पूरा हुने विश्वास लिइएको छ । 

यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनता मावि थलाहा कटहरीमा पाठ्यपुस्तक र विद्यालय ब्याग वितरण गर्नुका साथै सो विद्यालयमा प्रारम्भिक बालविकास शिक्षामा भर्ना भएका अनिश सरदार र सुष्माकुमारी सरदारको अभिभावकत्व जिम्मा लिने घोषणा गर्नु मन्त्रालयको महत्वपूर्ण कार्य भएको छ । 

संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्नुका साथै मन्त्रालयबाट निर्देशिका तयार गरी सबै स्थानीय तह प्याब्सन एन प्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाई पठाइ प्रत्येक संस्थागत विद्यालयले स्थानीय तहको सिफारिसमा एकजना सीमान्तकृत तथा दलित समुदायको विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि निर्देशन पनि दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई