जाजरकोट अपडेटः मृतकको संख्या ८ पुग्यो

Posted on: 05 Aug, 2018

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  एक जना अझै बेपत्ता   छन् ।जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  दिएको  जानकारी अनुसार  मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतली, उउनकी १० वर्षिया छोरी भावना, ७ बर्षिया मनिषा, ३ वर्षिया भगवती रहेका छन । 

उनिहरु  सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ । त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । 


सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा कुशे –६ ढिमेका कृष्ण परियारका ११ वर्षिय छोरा नविन परियार र प्रेम परियारका १३ वर्षिय छोरा  नरेन्द्र परियार  तथा  नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् । आज विहान त्यसको केहि वेर अघि मात्र उनि त्यस घरमा खेल्न गएका थिए ।  प्र.ज.अ. बस्नेतका अनुसार दर्शक परियार र अहिले सम्म बेपत्ता उनका भाईका बाबु  आमा कोही नभए पछि दिदी माया परियारले हुर्काउँदै आएकी थिईन ।   अव एक जनाको मात्रै खोजी हुन बाँकी रहेको क्षतिको विवरण पुरै आई नसकेको  बस्नेतले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!