२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एम्बुलेन्स सेवा बन्द

२२ श्रावण २०७५, मंगलवार ०४:५१

साउन २२, भक्तपुर | जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । 

तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी तथा करार सेवामा काम गर्दैआएका कर्मचारीलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिल्ला समन्वय समितिले एम्बुलेन्स चलाउन नदिएको चालक कृष्णराम कोजुको आरोप छ । 

“साउन १ गतेदेखि एम्बुलेन्स चलाउन अनुमति दिएको छैन”, उहाँले भन्नुभयो, “दैनिक कार्यालय आएर हाजिर गरिरहेको छु ।,” उहाँले सर्वसाधारणले दिनहुँ एमबुलेन्स सेवाका लागि फोन गर्ने गरेको बताउनुभयो । कोजुले १७ वर्षदेखि तथा अर्का चालक भीमनाथ गेलालले १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आएका थिए । 

जिससको आन्तरिक स्रोत नभएको र प्रदेश तथा संघीय सरकारबाट एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध नगराउँदा १७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको उक्त सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले बताउनुभयो । “जिल्ला विकास समिति हुँदा आफ्नै आम्दानीको स्रोत थियो । अहिले आन्तरिक स्रोत छैन, एम्बुलेन्स सेवा दिन सकिदैन,” उहाँले भन्नुभयो । तत्काल अर्को व्यवस्था नभएसम्म एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएकाले जिससको एम्बुलेन्स अन्य निकायलाई जिम्मा दिने तयारी भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य