२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सतहमा

२०७५, २२ श्रावण मंगलवार ०८:२६

राम नारायण पंडित। साउन २२, सिरहा। कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने भन्दै मेयर गंगा पासवानलाई नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बिभिन्न ५ बुँदे माँग राख्दै मेयर पासमानलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन । 


समाजले कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने, नगरपालिकाको जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रमहरु जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नु पर्ने, नगरपालिकाको कार्यालयमा अपराधिक व्यक्तिहरुद्धारा भएको आगजानीको अनुसन्धान गरेर अपराधीलाई कार्बाही गर्नुपर्ने र अनियमित खर्च अबिलम्ब बन्द गरी नगरपालिकाको आय–व्ययको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माँग राख्दै मेयर पासमानलाई ज्ञापनपत्र बुझाएका छन् । 

समाजका संयोजक महतोले कार्यालयमा विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत नआउँदा कामकाज प्रभावित बनेको बताए । 

मेयर पासवानले ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले केहिदिन अगाडी कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गरेको बताउँदै दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । कर्जन्हा नगरपालिकाको कार्यालय भबनका लागि नागरिक समाजमा आवद्ध व्यक्तिहरुले ९ कट्ठा १६ धुर जग्गा समेत उपलब्ध गराएका छन् । 

कर्जन्हा गाउँपालिका विगत केहि महिनादेखि विवादमा फसेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस