२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चोरी अभियोगमा एक महिला पक्राउ

२२ श्रावण २०७५, मंगलवार ११:५९

साउन २२, चितवन | भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् । 

गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी विकसँग सुन खरिद गरेका काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म छ घरबाट नगद र गरगहना गरी रु २५ लाख छ हजार बराबरको सुन र नगद चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । गत आर्थिक वर्षमा प्रहरीमा रु ३५ लाख एक हजार नगद, ४९ तोला सुन र १७ तोला चाँदी चोरी भएको भन्दै उजुरी परेको छ । 

ढकालका अनुसार दिनको समयमा ती महिलाले चोरी गर्ने गरेको खुलेको छ । चोरी गर्नु अघि घरको निगरानी गर्ने गरेको बताएकी छिन् । सकेसम्म घरभित्रनै पुग्ने र त्यहाँ प्रयोग भएका तालाको अवस्था बुझेर त्यहि अनुसारका फोर्ने औजार प्रयोग गर्ने गरेको पाइ्एको छ । 

शरीरलाई घुम्टोले ढाकेर ढोका र दराजहरुमा सामान्य क्षति गरी सुन र नगद मात्र चोर्ने गरेको भेटीएको छ । ढकालका अनुसार एक घरमा सीसी क्यामेरा देखेपछि ती महिलाले छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गरेको खुलेको छ । 

प्रहरीले विगत लामो समयदेखि नै ती महिला चोरीमा संलग्न भएको अनुमान गरेको छ । पक्राउ परेकी महिलाले गैँडाकोट नगरपालिका वडा नम्बर २ मा घर किनेर थकाली भान्छा घर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । महिलाले आफूसँगै अर्को एक महिला रहेको भए पनि हाल सम्पर्कविहीन भएको जनाएको प्रहरीको भनाइ छ । 

पछिल्लो पटक साउन ८ गते ती महिलाले भरतपुर महानगरपालिका वडा नम्बर १० लाहुरे चोकमा चोरी गरेपछि प्रहरीले नजिकैको रिजालचोकबाट उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो