२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ

२३ श्रावण २०७५, बुधबार ०२:४३

साउन२३, काठमाडौँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

बा६च ३७७९ नंको सिल्भर रंगको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ ।   (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का