Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बराहपोखरी गाउँपालिकामा फोनको चरम समस्या

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | साउन÷२३, खोटाङ | खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको अत्याधिक समस्या रहेको छ । प्रायःजसो गाउँपालिकाको सबै वडाहरुमा फोनको समस्या रहेको हो ।

गाउँपालिकाको वडाभन्दा बाहिरका केही स्थानमा भएका नेपाल टेलिकम र निजी कम्पनी एनसेलको टावरले आंशिक रुपमा काम गरेता पनि गाउँपालिकाभरी नै फोनको समस्या रहेको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुख बञ्जराका अनुसार फाक्टाङ, पौवासेरा, मौवाबोटे, बराहपोखरी वडाहरुमा तराईका फोनका टावरले काम गरीरहेको छ । यस्तै, वडा नम्बर २ सुन्तलेमा पनि तराई र ईन्द्रेणीपोखरीको एनसेल फोनको टावरले काम चलीरहेको छ । उहाँका अनुसार फोनको टावर राख्नका लागि आवाश्यक प्रक्रिया र बजेट विनियोजन भएर सोलार प्यानल जडान सकिएको र बर्खाका कारण अन्य काम गर्न नसकिएको उहँको भनाई छ ।

हिउँद सुरुवातसँगै फोनको टावर बनाइने र स्थानियबासीलाई सञ्चार सुविधामा नजिक राखिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सबै वडाहरुमा राम्रो फोन नचल्दा सम्पर्क गर्नमा कठिनाई हुदै आएको छ । गाउँ कार्यपालिकाको कार्यालयमा भने इन्टरनेट जडान भइसकेको छ । गाउँ कार्यापालिकाले भर्चुवल नेटवर्क प्रा.लिसँग दई लाखमा ईन्टरनेट जडान गरेको हो ।

यसैगरी, गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा सडकमा ६ करोड ७ बजेट खर्च गरेको छ । बिनियोजित बजेटले बराहपोखरी, सुन्तले, साउनेचौर, फाक्टाङ, मौवाबोटेमा हिउद बर्खामा गाडी गुड्ने सडक बिस्तार गरेको छ ।

वडा नम्बर ५ पौवासेरामा भने लामो दुरी भएकाले काम सम्पन्न नभएको र सडक बिस्तार गरेर गाडी पुर्याउन काम धमाधम भइरहेको छ । ६ वडा रहेको गाउँपालिकामा हालसम्म केन्द्रिय प्रसारणको विधुत नभएको र ल्याउनका लागि ७५ लाख बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।