२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ३ दिनमा तीन ठुला अपराधः अभियुक्तहरु सबै समातिए

२३ श्रावण २०७५, बुधबार ०९:३१

प्रेम सुनार। साउन–२३, गुल्मी। एउटै जिल्ला गुल्मीमा केहि दिन अघि  तिन दिनमा तिन ठुला अपराधका घटना घटेका थिए । दुई जना ब्यक्ति हत्या र एउटा बलात्कार उद्योग घटनाको  अभियुक्तहरुलाई  प्रहरीले पक्राउ गरी कानुनको कठघरामा उभ्याउँन सफल भएको छ ।

साउन ३ गते गुल्मीको छत्रकोट–२ , पल्लीकोटमा आफ्नै साथी ३४ वर्षिय शेरबहादुर राकशकोटीलाईलाई अघिल्लो दिन कुटेर हत्या गर्ने ३५ वर्षिय रुकबहादुर राकासकोटीलाई जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार थुनामा पठाएको छ ।

त्यस्तै साउन २ गते चन्द्रकोट ४ मा एउटी ७० वर्षिया बृद्धाले शाररिक सम्पर्क राख्न नमानेको आवेशमा उनलाई पनि निर्घात कुटेर हत्या गरेका ४४ वर्षिय गोकुल सार्कीलाई पनि अदालतले थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै साउन ३ गते छत्रकोट–१ हुँगामा बोल्न नसक्ने सुष्तमनस्थितीकी महिलालाई वलात्का उद्योग  गर्ने स्थानिय जयबहादुर कामीलाई पनि अदालतले थुनामा पठाएको प्रहरी निरीक्षक खड्काले बताए  । श्रृंखलाबद्ध रुपमा साउन २, ३ र चार गते भएको तिन ठुला अपराधका घटनाले स्थानिय  त्रसित भएका थिए । तर तिनै जना अपराध अभियुक्तलाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको प्रति स्थानियले सुरक्षा निकाय संग सन्तोष ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला