2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा पुनःनिर्माणका लागी ५ सय लाभग्राही थप

साउन २३, ललितपुर | भूकम्पपछिको पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो सम्झौता गर्ने मिति सकिँदै गर्दा नयाँ लाभग्राही थप गरेको हो । कतिपय लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका र कतिपय नयाँ लाभग्राही पहिचान भएका छन् । 

प्राधिकरण सूचना प्रणाली व्यवस्थापनविज्ञ राकेश महर्जन भन्नुहुन्छ, “पहिले लाभग्राहीको सूचीमा नपरेका लाभग्राही गुनासो भरेर अहिले पर्नुभएको हो ।” थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ । 

पाँच लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका छन् । यसअघि ६६७ जना प्रबलीकरणका लाभग्राही थिए । उनीहरुमध्ये धेरै पुनःनिर्माणको लाभग्राही सूचीमा पर्न लागिपरेका छन् । 

विसं २०७२ मा भूकम्पलगत्तै सरकारले क र ख वर्गमा गरेर पुनःनिर्माण र सबलीकरणका लाभग्राही पहिचान गरेको थियो । उहाँले भन्नुभयो, “त्यसयता पनि गुनासोबाट लाभग्राही थप भइरहेका छन् ।” 

भूकम्प गएको तीन वर्ष नाघिसक्दा समेत जिल्लामा निजी आवास निर्माण निकै सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म जम्मा १४ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका छन् । दोस्रो किस्ता बुझ्ने लाभग्राही २८ प्रतिशत र पहिलो किस्ता लिने लाभग्राही ९८ प्रतिशत छन् । उहाँ भन्नुहुन्छ, “कतिसँग नयाँ सम्झौता हुँदै भएकाले जिल्लामा निजी आवास सम्पन्न गर्न समय लाग्नेछ ।” प्राधिकरणले दोस्रो सम्झौताका लागि असार मसान्त र तेस्रो सम्झौता गर्न आगामी पुस मसान्तसम्मको अवधि तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ