2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिसंखेले पाए अभिभावक

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले सालपीदेबी प्रावि लफ्याङका कक्षा २ मा अध्ययनरत छात्र परिज्ञान बिसंखेलाई अभिभावकत्व ग्रहण गर्नुभएको छ । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसारको भुसंरक्षण गोष्टीको अवसरमा राईले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

बुबा बैदेशिक रोजगारीमा मृत्यु भएको र आमाले दोश्रो विवाह गरेपछि आर्थिक स्थिती कमजोर तथा एकल महिला हजुरआमाको साथमा बस्दै आएका बालकलाई वडाध्यक्ष राईले बुधबार अभिभावकत्व ग्रहण गरेका हुन् । यसअघि नै उद्घोष गरीसकेका राईले औपचारिक रुपमा अभिभावक बन्नुहुंदै वर्ष दिनलाई पुग्नेगरी स्टेशनरी सामग्री दिनुभएको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।

छात्र विसंखेलाई वडाध्यक्ष राईले ४ हजार बराबरको लत्ताकपडा केही समयअघि दिइसक्नु भएको थियो । 

बिसंखेसँगै लफ्याङमा तीनजनाले बालबालिकाले अभिभाव पाएका छन् । जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङले श्रीमावि बाँसवोटे कक्षा पाँचमा अध्ययनरत शिलिमिका राई तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सोही विद्धालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई