२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा कालोबजारीको आरोपमा एक व्यापारी पक्राउ

२४ श्रावण २०७५, बिहीबार ०७:५८

साउन २४, लहान | मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । 

डिएपी मल प्रतिबोरा रु दुई हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु दुई हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो । 

गुप्तामाथि कालोबजार ऐनअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ । 

यस्तै भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको रु एक लाखभन्दा बढी मूल्य बराबरको सामानसहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहित आज बिहान सिरहाको गोलबजार नगरपालिका–७ निवासी ललितादेवी महतो र सिरहाकै कल्याणपुर नगरपालिका–९ निवासी शम्भु यादवलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाको साथबाट गुन्द्री १६ पिस, राजनिवास चार बोरा, दाल ५० किलो, चकलेट पाँच कार्टुन, रेगुलेटर, खाने तेल तीन टिन, रसवरी तीन कार्टुन, स्याम्फो चार कार्टुन, लदरी पानमा लगाउने छ कार्टुन, पापड एक कार्टुन लत्ता कपडा र कस्मेट्रिकलगायतका करीब रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान