2026-08-25 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ्गमा युवती करणी गरेको आरोपमा एक युवक पक्राउ

चिसाङ शेर्पा | साउन÷२४ खोटाङ | खोटाङमा युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरी (साविक ९)का प्रमेश भनिने ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् ।

साउन २० गते राती आफ्नो हजुरआमा आइतीमाया राईको जुठो बार्ने क्रममा साथीहरुसँगै बसेर सुतेकी १९ वर्षीय युवतीलाई राती दुईबजे उठेर जर्बजस्ती गरेको आरोपमा विष्टलाई बिहान सिमपानी प्रहरीले पक्राउ गरेको थियो ।

जुठो बार्नेहरुलाई सुत्नका लागि बनाइएको त्रिपालमूनी जुठो बार्न बसेका युवतीको पुरुष आफन्तसँगै सुतेका विष्टले त्यही त्रिपालमूनी हजुरआमाको जुठो बार्न बसेकी युवतीलाई निदाएको मौका छोपी जर्बजस्तीको प्रयास भएको र युवती चिच्याउँदा आफूहरुले थाहा पाएको युवतीका दाई उदय राईले जानकारी दिए ।

युवतीलाई जर्बजस्ती गर्ने पुरुष बिरुद्ध पिडित पक्षले बुधबार निजउपर जाहेरी दिएको र निज विष्टलाई जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरी कानुनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब निरिक्षक मनोज यादबले बताए । यादवका अनुसार पिडकलाई पिडितको उमेर अनुसार साढे दुई वर्षदेखी चार वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ