Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाइयो ।

२०७५, २४ श्रावण बिहीबार १४:५४

साउन २४, मकवानपुर | २४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाईएको छ । आदिवासी जनजातिका साँस्कृतिक झाँकीसहित र्याली गर्दै साँस्कृतिक समारोह गरि दिवस मनाईएको हो ।

‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारासहित आयोजित दिवसमा मगर, थारु, तामाङ्ग जातीय नृत्य पनि प्रस्तुत गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)को आयोजना तथा आदिवासी जनजाती महासंघ मकवानपुरको व्यबस्थापनमा बिहीबार हेटौंडामा कार्यक्रम भएको हो ।

कार्यक्रमका बक्ताहरुले नयाँ संविधानसहित देश संघीय संरचनामा गए पनि जनजातिहरुको हक अधिकार बृद्धी हुनुपर्नेमा कटौती भएको भन्दै तिब्र आक्रोश पोखेका थिए । जनजातिकै उल्लेख्य सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याईए पनि प्रदेशको नाम समेत नराखिएको भन्दै उनीहरुले गुनासो समेत गरे ।

कार्यक्रम प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति महासंघका प्रदेश ३ का संयोजक काजीमान थिङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु कुमारी मोक्तान, ओम घलान, सन्त चेपाङ्गको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, हेटौंडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष ललित घलान, आदिवासी जनजाती महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, किराँत राई यायोख्याका केबी राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हेटौंडाको पल्पसा सभागृहबाट शुरु भएको जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको ¥याली बुद्धचोक पुगी पुनः पल्पसामा पुगेर सभामा परिणत भएको आदिवासी जनजाती महासंघ मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्गले जानकारी दिए । कार्यक्रममा तामाङ, मगर, राई, माझी, गुरुङ, नेवार, चेपाङ्ग, थारु, भुजेल, कुमाल लगायत जातीय संघसंस्थाहरुले व्यानरसहित सहभागिता जनाएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तिर्थबहादुर थापा मगर, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघका जिल्ला अध्यक्ष शंकर थापा मगर, नेपाल चेपाङ्ग संघका जिल्ला अध्यक्ष खेम चेपाङ्ग, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी, नेपाल माझी उत्थान समाजका जिल्ला अध्यक्ष आशिष माझी, नेपाल भाषा खलः मकवानपुरका पूर्व उपाध्यक्ष नन्दरत्न स्थापित, नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष भैरवबहादुर कुमाल  लगाएतको आतिथ्य रहेको थियो ।

विश्वका आदिवासी जनजातिले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघ र महासंघसँग आबद्ध विभिन्न जातीय संघसंस्थाहरुले आदिवासी जनजातिको पहिचानको अधिकार स्थापित गर्ने आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ । संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवसको यसवर्षको नारा ‘आदिवासी जनजातिको बसाँइसराई र स्थानान्तरण’ तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ