2026-08-29 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

२४ औं आदिवासी जनजाति दिवस अर्घाखाँचीमा पनि सम्पन्न

साउन २४, अर्घाखाँची | २४ औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । यही साउन २४ गते सन्धिखर्कमा विभिन्न कार्यक्रमका बीच दिवस मनाइएको हो । 

पहिचान, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नारा लेखिएको ब्यानरका साथ सन्धिखर्क बजार परिक्रमा गरी यहाँस्थित एक होटलमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति पिताम्बर शर्माले यो देश एक सिंगो शरिर र यहाँका हरेक जातजाति त्यसका अँगहरु भएका कारण कुनै अँग दूर्बल भए शरिर बलियो नरहने बताए । उनले सबै आदिवासी जनजाति एक भएर अगाडि आए राज्यले हरेक सहयोग गर्ने पनि उल्लेख गरे । 

त्यसैगरी आफ्नो सम्बोधन क्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले आफ्नो पालिकाभित्र हरेक जाति समुदायका आराधनास्थल रहेको अवस्थामा नेवार समुदायको कुलदेवता भिमसेनको मन्दिर पनि बनाउन आफू तयार रहेको जनाए । त्यसैगरी नगरप्रमुख भुसालले स्थानीय सरकारले दिनसक्ने सबैप्रकारका सेवासुविधा आदिवासी जनजातिलाई प्रत्याभूत गराउन आफू प्रतिबद्ध रहेको जिकिर गरे ।

सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किशोरले पनि राज्यको प्रावधान र नीतिनियम भित्र रहेका हरेक सेवा आदिवासी समुदायलाई प्रदान गर्ने काममा आफू लागिरहेको बताए ।

कार्यक्रममा पत्रकार सहयोगी बिसी, नेपाल मगर संघका जिल्ला सल्लाहकार खिम घर्तिमगर, नेवा देय दबुका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, कुमाल समाज सुधार समितिका जिल्ला उपाध्यक्ष बीरबहादुर मुखिया, तमू धिँ जोका जिल्ला अध्यक्ष गिरमान गुरुङ, नेपाल मगर संघ अर्घाखाँचीका सहसचिव दिनेश घर्तिमगर, सन्धिखर्क वडा नम्बर १ र २ का सदस्यद्वय सुमित्रा मुखिया र सुष्मा श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । 

जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्माको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार बिक किशोरको विशिष्ट आतिथ्यता, विशेष नापी शाखाका प्रमुख खिम रानामगर, सिटीजन लाइफ इन्स्योरेन्सका प्रतिनिधि लक्ष्मण मरासिनी लगायतका कार्यालयप्रमुखहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य आदिवासी जनजाति महासंघ अर्घाखाँचीका सदस्य सीता श्रेष्ठको रहेको थियो भने सचिव नेत्र थापामगरले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो