जसलाई कर्मचारीका रुपमा छिर्न दिईएको थिएन उहि अहिले त्यहाँको प्रमुख

Posted on: 11 Aug, 2018

प्रेम सुनार। साउन–२६, गुल्मी। ‘तपाई म जस्तो लेखापाल बन्न सक्नु हुने छैन,  तर म एक दिन यसै जिबिसमा तपाई जस्तै  प्रमुख भएर आउन भने सक्ने छु’–  आज भन्दा करिव २४ वर्ष अघि हालको जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले तत्कालिन जिल्ला सभापति चन्द्र केसीलाई रवाना हुने वेलामा  दिएको चुनौती थियो त्यो ।  


२०५१ सालमा उनै पराजुली थिए  सरुवा भई जिल्ला विकास समितिमा लेखापालको जिम्मेवारी लिएर आएका  । त्यति वेला चन्द्र केसी सभापति सहित जिल्ला विकास समितिमा नेपाली कांग्रेसबाट १५ जना र एमालेबाट जम्मा दुई जना मात्रै सदस्य थिए । उनि कम्युनिष्टमा आश्था राख्ने भएकै कारण पराजुलीलाई हाँजिर गराउन मानिएको थिएन  ।

पराजुली रुपन्देहीमा छँदा एमाले निकट निजामति संगठनको अध्यक्ष भएर जनआन्दोलनमा सहभागि भएका थिए । त्यसैले तत्कालिन सरकारले उनि सहित ५ जनालाई बर्खास्त ग¥यो । पछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकार बने पछि पराजुलीले सर्वोच्चको प्रशासकिय अदालतमा मुद्धा दिए ।

उनले जितेर पुनः नियुक्ति ल्याएर आएका थिए गुल्मीमा ।  त्यहाँका तत्कालिन लेखापाल कर्णबहादुर जिसीलाई २१ दिनमा रवाना दिएर  पठाउनु पर्नेमा पठाईएन् । १७ दिन सम्म हाँजिर गराई पाउँ भनि कुरेर बसे पराजुली ।  नदिए पछि मालले आन्दोलन सुरु ग¥यो । पछि  केन्द्रबाट सिडियो एलडियोलाई दवाव आए पछि बल्ल हाँजिरी गराईयो ।

पराजुली भन्छन –‘ हाँजिर त गराईयो तर काम दिईएन । त्यस पछि हाम्रा साथीहरुले तत्कालिन एलडियो दिलिपकुमार चापागाईको कार्यकक्षमा पसेर चेक भौचर लगायतका कागज पत्र च्यातेर फालिमेरो नाममा खाता खोली काम दिन सुरु गरियो । करिव ९ महिना सम्म त्यहाँ बसेर काम गर्न मलाई निकै गाह्रो भयो त्यस पछि अर्घाखाँची सरुवा भई गएको  थिएँ ।  विदा हुने बेला चन्द्र केसी ज्युलाई औला ठाडो  पादैं माथी उल्लेखि डाईलग सहित मैले भने कै हो तपाईको तहमा म एक दिन आएरै छाड्ने छु । ’

 उनले थपे– २०५४ सालको निर्वाचनमा जिल्ला सदस्य निर्वाचित भएर  दोश्रो पटक जिल्ला विकास समितिको कार्यालय भित्र पसेँ । त्यस पछि चुनाव पनि नहुने देखेर मेरो त्यो ‘डाईलग’   बेकार हुने भो भन्ने लागेको थियो ।  २०७४ मा आएर स्थानिय तहको  निर्वाचन हुने भयो । मलाई पार्टीले प्रदेश सांसदमा टिकट दिने निश्चित भई सकेको थियो । तर मैले त्यो डाईलगलाई साकार पार्नका लागि म समन्व्य समितिकै प्रमुख हुन्छु , त्यसैमा पार्टीले जोड गरोस् भने । नभन्दै त्यो टक्कर पुरा भयो । ’

हिजो चन्द्र केसीको सभापतिकालमा जसरी कांग्रेसको दवदवा थियो । अहिले पराजुलीको पालामा फेरी कम्युनिष्टहरुको त्यो भन्दा बढि दवदवा छ । एक जना पनि कांग्रेसका सदस्य छैनन । तर अहिले त्यहाँ कांग्रेसमा आश्था राख्ने कर्मचारीलाई हटाउने लगायतका अन्य कुरामा कुनै विभेद नरहेको कर्मचारीहरु बताउँ छन् ।

राजनैतिक उथल–पुथल काठेपिङ्गको चर्खा जस्तै कहिले को तल कहिले को माथी, राजनैतिक आश्थाका आधारमा कर्मचारी प्रति गरिने ब्यवहार अन्त्य हुनु पर्नेमा पराजुलीको जोड छ । आफ्नो राजनैतिक पृष्ठभुमि स्मरण गर्दै पराजुलीले भने २०३६ सालतिर पाल्पाको त्रिभुवन विश्व विद्यालय अध्यान गर्ने क्रममा तत्कालिन मालेको विद्यार्थी संगठनमा आवद्ध भईयो ।

२ वर्ष पछि गोकर्ण विष्ट त्यस क्याम्पसमा  पढ्न आए पछि उहाँलाई नै अध्यक्ष बनाएर उत्तराधिका रुपमा छाडेर हामी हिडेका हौ । विष्ट अत्यन्तै टाँठो, जिज्ञाषु र चलायमान युवा हुनुहुन्थ्यो ।  त्यति वेला हाम्रो युवा संगठनलाई युथ लिक भनिन्थ्यो । गुल्मीको पश्चिम भेगमा  गंगाबहादुर बस्नेत , शेरबहादुर केसी र म  कमाण्डर भएर खटिएका थियौं ।  त्यहाँ  देखि यहाँ सम्मको यात्रा हो यो मेरो ।

मलाई सांसद मन्त्री भन्दा समन्व्य समितिको प्रमुख हुन पाएकोमा गर्व छ । हिजो जुन ठाउँमा मलाई छिर्न थिईएको थिएन आज त्यही ठाउँको प्रमुखको  कुर्चिमा एक दिन बसेरै छाड्ने मेरा उति वेलाको त्यो टक्कर पुरा गराई दिन पार्टी पंक्तिले खेलेको भुमिका प्रति पनि मैले आभार ब्यक्त गर्नै पर्छ ।   

कार्यकारी अधिकारवाला निकाय होस वा समन्व्यकारी मलाई त्यसको मतलव छैन । मलाई सानै किन नहोस वनमेन हुने शौख छ  । त्यही अनुरुप  पार्टी कमिटीमा समेत वडा देखि क्षेत्रिय कमिटी सम्म म वनमेन अर्थात नेतृत्व मै बस्दै आएको छु ।

अहिले म तत्कालिन एमालेको जिल्ला सचिवालय सदस्य छु ।  जिवनको अन्तिम सास सम्म यो मेरो राजनैतिक यात्रमा थाकान हुने  छैन ।  नेपालका दुई ठुला कम्युनिष्टहरुको एकाताले थप उर्जा थपेको छ ।  यस्तो एक दिन हुनै पर्दथ्या, े भएरै छाड्योे  । यो नेपाली सर्वहारा वर्गा विजय हो । यस विजय यात्रामा सरा लामबद्ध हुने देख्छु । पराजुली  हालको ईस्मा  गाउँपालिका  वडा नम्वर– ६ , अमरपुरपुरवासी हुन ।   १५ वर्ष सम्म जागिर छाडेर कुखरेखोलामा पसल गरेका थिए ।

२०४९ सालमा त्यस पसलमा आगो लागि भएर उनि विल्लीवाँठ भएका थिए । विरोधीहरुले सकियो लक्ष्मण पराजुली भन्ने गर्दथे । अहिले उनैका जेठा छोरा प्रकाश विज्ञान विषयमा पिएचडी गर्दैछन । कान्छा छोरा प्रदिप काठमाण्डौमा सिए पढ्दै छन । तिन छोरीहरुलाई उच्च शिक्षा शिक्षा लिई विवाहित छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!