साउन २६, सिरहा। मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् ।
मिर्चैया नगरपालिकाले बृद्धि गरेको कर स्थगित गर्नुपर्ने, पुरानो कर पनि संशोधन गरी लागु गर्नुपर्ने र नगरपालिका भित्रका सम्पुर्ण आर्थिक कारोबारको बिषयगत आय–ब्यायको बिबरण पारदर्शी गर्नुपर्ने माँग गर्दै यहि साउन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ ।
समयमा माँग सम्बोधन नगरीए चरणबद्ध आन्दोलनमा उत्रने तैयारीमा रहेको स्थनिय कांग्रेस नेता अरुण सिंहले चेताबनी दिएका हुन् । नगरपालिकाले मनोमानी ढंगले जनताको हित बिपरित गतिबिधि गरिरहेकाले त्यस्ता गतिबिधिको बिरोधमा ब्यापारी सडकमा उत्रने स्थानिय ब्यापारी रुकेश साहले बताए ।
यहि साउन २४ गते स्थानिय ब्यापारी, राजनितिकदल र नागरिक समाज सम्मिलित बैठक मिचैया ५ स्थित गुदरी बजारमा बसिरहेको अबस्थामा नगरपालिकका मेयरले उछृंखल युवाहरुलाई मंगाई समाजिक मुठभेड गराउन खोजेकोले त्यस्तो कार्यप्रति नगरबासीले घोर भत्र्सना गरेको एक बिज्ञप्ती जारी गरी जनाएको छ ।