2026-08-31 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन बार अध्यक्षमा पाठक निर्वाचित

साउन २६, रत्ननगर | चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित हुनुभएको छ । 

प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिनुभएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिनुभयो । 

गए राति सम्पन्न निर्वाचनमा पाठकले ९३ मत प्राप्त गर्नुभएको थियो भने अधिकारीले ८४ मत ल्याउनुभयो । दुई वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । 

सापकोटाका अनुसार उपाध्यक्षमा हिरादत्त तिवारीलाई पछि पार्दै प्रगतिशील समूहकै हरिबहादुर मैनाली विजयी हुनुभयो । सचिवमा प्रजातान्त्रिक समूहका धर्म वाग्ले, कोषाध्यक्षमा प्रगतिशील समूहका सूर्यबहादुर बोहरा र सहसचिवमा प्रजातान्त्रिक समूहकी गोमा न्यौपाने निर्वाचित हुनुभयो । 

सचिव र सहसचिव दुई पदाधिकारीबाहेक कार्यसमितिमा सबै प्रगतिशील समूहका उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षद् आठ जनामा पाँच प्रगतिशील समूहका र तीन प्रजातान्त्रिक समूहका उम्मेदवार विजयी भए । 

सदस्यमा प्रगतिशील समूहका अजय तामाङ, नारायण गिरी, विकास गुरुङ, तुलसीराम पाण्डे, शिवराम महतो, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी र महिला सदस्यमा भवानी लोहनी निर्वाचित हुनुभयो । 

केन्द्रीय पार्षद्मा प्रगतिशील समूहका जनकराज पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद पन्त, भलोनाथ नेपाल, पदमप्रसाद दाहाल तथा प्रजातान्त्रिक समूहका श्रीराम दवाडी, मुन्ना विक्रम खाती, र सीताराम अधिकारी निर्वाचित हुनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला