२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

स्पेनका नागरिकद्वारा लमजुङको एक आश्रमलाई सहयोग

२६ श्रावण २०७५, शनिबार ०८:५४

साउन २६, लमजुङ | स्पेनका एक नागरिकले बेँसीशहरस्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो । 

शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उहाँले नगद रु ८० हजार हस्तन्तरण गर्नुभएको थियो । ४७ वर्षीय लुइसले मानवसेवा आश्रमको गतिविधि सुनेपछि मानवीयताको नाताले सहयोग गरेको बताउनुभयो । 

लुइसले सहयोग गरेको रु ८० हजारबाट उहाँकै परामर्शमा आश्रमको लागि टेलिभिजन खरिद गरिएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । 

लुइसले चार वर्षअघिदेखि बेँसीशहरस्थित गुम्बाको लागि करीब रु तीन लाख बराबरको सहयोग गर्दै आउनुभएको छ भने बेँसीशहरकै जनविकास माविमा रु छ लाख बराबरको सहयोग गर्दै आउनुभएको छ । उहाँले मानव सेवा आश्रमका बारेमा पहिलो पटक सुनेको भन्दै आगामी वर्षहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । 

होटलमा जागिर गर्दै आउनुभएका लुइसले यसअघि नाइजेरियाका परिवारबिहीनलाई आश्रय, सुडान, इथियोपियाका गरिबीमा परेकालाई औषधि सहयोग तथा फिजीका विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षण सहयोग गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य