२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी प्रहरीद्वारा ठुलो परिणामको अवैध मदिरा नष्ट

२०७५, २६ श्रावण शनिबार १२:०७

प्रेम सुनार।साउन–२६, गुल्मी।  गुल्मी जिल्ला प्रहरीले अहिले सम्मको ठुलो परिणामको अवैध मदिरा वरामद गरी आज पत्रकार सम्मेलन गरी नष्ट गरेको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पत्रकार र अन्य सरोकारवाला विच राखेको भेटघाट कार्यक्रममा अपराधको प्रमुख कारक मदिरा भएको स्वयम प्रमुख जिल्ला अधिकारी  पौड्यालले स्वीकार गरेका थिए ।


त्यसलाई  न्युनिकरणमा सुरक्षा निकायले गम्भीर ध्यान दिने उद्घोष गरेको आज दोश्रो दिन निकै ठुलो परिमाणमा प्रहरीले सदरमुकाम तम्घासबाटै घरेलु मदिरा बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले शनिवार दिउँसो सदरमुकाम तम्घासको बुढाथोकी बसपार्कबाट र उता क्षेत्र नम्वर २, को पुर्कोटदह ईलाका प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा छापा मारेर घरेलु मदिरा मरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुवै स्थानमा गरी उत्पादनका लागि तयारी मदिरा १ सय १५ लिटर , उत्पादनका लागि तयारी मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर, घरेलु मदिरामा प्रयोग हुने मर्चा २० किलो वरामद गरी नष्ट गरेको हो ।

त्यस सैगै मदिरा उत्पादन गर्ने भाँडाहरु पैनी ७ थान , प्लाष्टिक ड्रम ४० थान, प्लाष्टिक ग्यालेन १७ थान र माटाको हाँडी ३ थान  वरामद गरेकोमा नष्ट गरिएका ति पदार्थ पछि सम्वन्धितलाई अब त्यस्तो उत्पादन गर्ने कागजात गराई बुझाईने प्रहरी प्रमुख बस्नेतले बताए ।

पानी आई रहेको बखतमा तम्घासको डम्पीङ्ग साईडमा नष्ट गर्ने क्रममा प्रहरी प्रमुख बस्नेत, प्रहरी नायव उपरिक्षक रोशन खड्का र प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का सहित प्रहरीको टोली र पत्रकारहरुले एकै साथ घरेलु मदिरा बगाई रहँदा भन्दै थिए बाईसेधारको पवित्र जल सधै बगिरन्छ तर मनिसको शरिरमा असर पुराउने र अपराध बढाउने घरेलुले मदिराको बाईसेधार यसरी नै सवैले जुन कुनै बेला बगाई रहनु पर्दछ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस