२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तराष्ट्रिय युवा दिवस अछाममा भव्यताका साथ मनाईदै

२६ श्रावण २०७५, शनिबार १२:१३

साउन २६, अछाम | अगस्त १२ अर्थात साउन २७ गतेका अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसार भर मनाइदैछ । युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायले साउन २७ गते भोलि भब्यताका साथ मनाउने भएका हुन । 

अछाम जिल्लामा पनि अन्तराष्ट्रिय युवा दिवस भब्यताका साथ मनाईने भएको छ । जिल्ला युवा संञ्जाल अछाम लगाएत मातहतका नगर तथा गाउपालिकामा सक्रिय संञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएका छन । सदरमुकाम मंगलसेनमा “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको हुने भएको हो । मंगलसेन नगरपालीका, वाक नेपाल अछामको सहयोग, जिल्ला युवा समिती, युएनएफपिए अछामको समन्वय र जिल्ला युवा संञ्जाल अछामको आयोजनामा कार्यक्रम गर्न लागिएको जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम बहादुर साउदले बताउनु भयो । 

स्थानिय सरकारका जनप्रतीनीधी, सरकारी गैरसरकारी निकायका प्रमुख, राजनितिकदल, सम्बद्ध युवाहरुको बिचमा युवाका समस्याको बारेमा बृहत छलफल गरिने साउँदले बताउनु भयो । दिवसकै अवसरमा नगर स्तरिय युवा संञ्जाल साँफेबगरको आयोजनामा कार्यक्रम सहीत ४ दिने युवा नेतृत्व तालिम, रामारोशन गाउपालिकामा अन्तरक्र्रिया कार्यक्रम, बान्नीगढी जयगढ गाउपालिका ५ कालिकाको कालिका युवा संञ्जालको आयोजनामा बकृत्वकला, वडा नम्बर ६ दर्नामा अछामको बान्निगढी जयगड गाउँपालिका वडा नम्वर ६ दर्नामा पञ्चदेवल अनुरा युवा क्लब दर्ना र पञ्चदेवल अनुरा युवा सुचना केन्द्रको आयोजनामा युवा सम्बन्धी कार्यक्रम हुने तय भएको जिल्ला युवा संञ्जाल अछामका सचिब कमल कुमार रावलले बताउनु भयो । साथै क्षेत्र नम्बर २ को अन्य स्थानिय तहमा समेत दिवस भब्यताका साथ मनाईने रावलले बताउनु भयो । मंगलसेन जिबिस हलमा हुने “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको अछाम जिल्लाका सबै सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने