2026-09-01 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन प्रहरीद्वारा लागुऔषधसहित पाँच पक्राउ

साउन २६, रत्ननगर | चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 

भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध आज मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका– १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका– ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन् । उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार ५४५ ट्याबलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल बरामद गरिएको ढकालले जानकारी दिनुभयो । 

चितवनको नारायणगढस्थित न्यूरोडमा साउन २२ गते ना २४ प ११०० नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलीम मियाँ र अमृत आचार्यलाई आज नारायणगढबाट पक्राउ गरिएको हो । उनीहरु लागुऔषधको ओसारपसार, सञ्चय, बिक्री वितरण तथा सेवनमा समेत संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले गैँडाकोटमा रहेका किरण जिसीको घरमा लुकाइ राखेएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन