२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा

२०७५, २७ श्रावण आईतवार ०४:४३

राम नारायण पंडित । साउन २७, सिरहा। सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । 


मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतनाका लागि  चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 

अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । 

सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत