2026-07-26 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा

सञ्चिता घिमिरे | साउन २७, ललितपुर | नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । 

सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।” 

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वर सम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भन्नुहुन्छ, “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ । 

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताउनुभयो । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ । 

कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’को काम सकिएको छ । कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उहाँले भन्नुभयो, “दुई÷चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।” 

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । 

भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना गु्रपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप गर्यो । उहाँले भन्नुभयो, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।” 

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपहरु समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनीयर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।” 

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो । सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उहाँले भन्नुभयो, “कुनै ठाउँमा जगको काम सकियो भने कतिमा शुरु हुन सकिरहेको छैन ।” सडकको लागत रु एक अर्ब रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ