२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ओली सरकारको उपहारः विना धितो ऋणले रोजगार

२०७५, २७ श्रावण आईतवार ११:४७

प्रेम सुनार। साउन–२७, गुल्मी । अघिल्लो सरकारमा छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विना धितो विना ब्याज  ऋण लिई  स्वरोजगार बनाउने कार्यक्रम यतिवेला निकै लोकप्रिय बन्दै आएको छ । अघिल्लो आर्थिक बर्षमा थोरै संख्यामा भए पनि यहाँका युवाहरुले प्रत्यक्ष रोजगार पाएका छन । छत्रकोट १ , हुँगाका होम पल्लीको बंगुर पालन र तरकारी  खेती हेर्दा अरु पेश छाडेर त्यस्तै गरुँ  जस्ता लाग्छ ।

विदेशबाट फर्केका उनले सोही कार्यक्रमबाट विना धितो, विना ब्याज नेपाल सरकारको राष्ट्रिय युवा परिषद, जिल्ला  युवा समिति गुल्मीबाट ५ लाख ऋण लिए ।  उनले त्यो ऋण यसै वर्ष त्यो पनि बंगुरबाटै तिर्ने देखिएको छ । उनको समुहमा रहेका अरु चार जनाको प्रगति उनि उस्तै छ । युवा समिति गुल्मीले गत आर्थिक वर्षमा ५ वटा समुहलाई ऋण स्वीकृत गरेको छ ।

त्यस मध्ये खड्गकोटको  उर्लेनी तरकारी उत्पादक कृषक समुह, बलेटक्सारको स्पेशल ज्वाँई पोल्ट्री फर्म र वामीको सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादक समुहले विना धितो विना  ब्याज पाँच/पाँच लाख ऋण लगि सकेको र बाँकी २ वटा समुहले अव छिट्टै ऋण पाई हाल्ने त्यस कार्यालयका प्रमुख लोकनाथ मरासीनीले जानकारी दिए ।


उनका अनुसार बलेटक्सारको  स्पेशल ज्वाँई फोल्ट्री फर्म र बलियो ब्लग उद्योग ईस्मा–२ ले उक्त ऋण पाउँने गरी  स्वीकृत भएको छ । त्यसबाट कम्तीमा २५ जनाले प्रत्यक्ष रोजगार पाएका छन भने उनिहरुका परिवारले पनि घर मै आम्दानी हुने माध्यम पाएका छन ।

त्यस कार्यालयकी सुचना अधिकृत संजिवनी अर्यालका अनुसार गत आर्थिक वर्षको असार मशान्त भित्र सो कार्यालयले १८ जना युवाहरुलाई हलुका गाडीको ड्राईभिङ्ग तालिम दिलाएको छ । त्यस्तै  कम्प्युटर ग्राफिक्स तालिम दिलाएर २८ जना युवाहरु स्वरोजगार बन्दै छन ।  त्यस विचमा युवा प्रतिभा सम्मान ,  रोजगारी र स्वरोजगारीका लागि परामर्श  र विभिन्न तालिमहरु भएका छन । आईतवार १९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवाको विकासका निम्ती स्थानिय तह मार्फत राष्ट्रिय युवा नीतिको कार्यान्वयन  विषयक अन्तरकृया कार्यक्रम  रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरु विच  युवा समितिले सम्पन्न गरेको छ ।

अन्तरकृया कार्यक्रममा ओली सरकारले ल्याएको त्यस कार्यक्रमलाई बेरोजगार युवाहरुलाई उपहार जस्तै भएको बक्ताहरुले प्रकाश पारे ।  रेसुङ्गा नगरपालिका र समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रनिधीहरुले अव स्थानिय  तहबाटै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले आगामी वर्ष  विभिन्न युवा लक्षित कार्यक्रमका लागि बजेट छुट्टाईएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले युवाहरुलाई शिक्षा र स्वास्थ्यमा  यथोचित पहुँच  देखि रोजगार सम्म दिलाउनमा नगरपालिका लागी परेको जनाए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीबाट विरबहादुर कार्की, नेपाली कांग्रेसबाट पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले  युवाहरुलाई रोजगारी दिन सके मात्र देश समृद्धि तर्फ   उन्मुख हुने बताए ।

जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवरले यस  आर्थिक वर्षमा स्थानिय तहहरुले  युवाहरुको  सिप, उद्यमशिलता तथा नेतृत्व विकास गर्दै रोजगार र  स्वरोजगार बनाउन   पर्याप्त बजेट र कार्यक्रमको ब्यवस्था गर्नु पर्नेमा जोड दिए । युवाहरुलाई विदेश निर्यात गरेर होईन, नेपाली युवाको सिप बिकास गरी उत्पादनको निर्यातबाट मात्रै देशको स्वाभिमान र समृद्धि हुनेमा जोड दिए ।

जिल्लामा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकाले त्यहाँका युवाहरुलाई आशा लाग्दो गरी स्वरोजगार र रोजगार दिएको प्रति उनले प्रशंसा गर्दै अन्य स्थानिय तहले पनि त्यसरी नै अगाडी बढ्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस