2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

लायन्स क्लब अफ ओखलढुंगाद्वारा खाद्यान्न वितरण

साउन २७, ओखलढुंगा | लायन्स क्लब अफ ओखलढुंगाले खाद्यान्न वितरण गरेको छ । क्लबका अध्यक्ष लेखनाथ दाहालको संयोजकत्वमा काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा जे.पी. प्रतिष्ठानद्वारा सञ्चालित मैत्रीसेवाश्रममा रहनुभएका जेष्ठ नागरिकका लागि खाद्यान्न वितरण गरिएको हो । जोन चेयर पर्सन हरिप्रसाद दाहालको प्रमुख आतिथ्यतामा आश्रमका व्यवस्थापक मण्डलेश्वर गिरीलाई आवश्यकीय खाद्य सामाग्री हस्तान्तरण गरिएको क्लबका सचिव गान्धर्वराज पौडेलले जानकारी दिएका छन् । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक घद्दछब्द्द अन्तर्गत सन् २०१६ मा स्थापित क्लबले मानवतालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडी बढाइरहेको जनाइएको छ । लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर सुन्दर समाज निर्माणमा केही योगदान पुगोस् भन्ने उद्देश्यका साथ क्लबले यस अघि पनि तत्कालीन चार्टर्ड प्रसिडेन्ड एवम् कार्यक्रमका प्रमुख अतिथि जोन चेयर पर्सन हरिप्रसाद दाहालले लायन्स क्लबले स्थापना गर्ने व्लड वैंकलाई रु. २५ हजार सहयोग प्रदान गरिसक्नुभएको छ भने रामेछाप मन्थली क्लबका सदस्य रामेछाप जिल्ला लिखु गाउपालिकाका शान्तबहादुर रोक्काकी पत्नी २७ वर्षीय दुवै मृगौला पिडित विमला रम्तेल सार्कीलाई मृगौला प्रत्यारोपण गर्नका लागि रु. २५ हजार सहयोग प्रदान गरिसकेको छ ।

त्यसैगरी रुम टु रिडसँगको सहकार्यमा क्लबले ओखलढुंगा जिल्लाका ५० उदयपुर जिल्लाका २१ र भक्तपुर जिल्लाका केही विद्यालयहरुलाई लाइब्रेरी व्यवस्थापनका लागि पुस्तकहरु वितरण गरिसकेको छ भने काठमाडौंको गुह्येश्वरीमा अवस्थित प्रणवानन्द आश्रममा आश्रित वालवालिकाहरुलाई ज्गलनभच च्भष्भिा एचयनचबmmभ अन्तर्गत पटक–पटक भोजनको व्यवस्था समेत गरिसकेको छ । छिट्टै नै क्लबले काठमाण्डौंमा बृक्षारोपण गर्ने जनाएको छ । आगामी दिनमा क्लवले रक्तदान, मठमन्दिर तथा टोल सरसफाई, असहाय वालवालिकाहरूको लागि प्रत्येक २/२ महिनामा १ छाक भोजनको व्यवस्था र ओखलढुंगा जिल्लामा स्वस्थ्य शिविर सञ्चालन गर्ने लगायत अन्य विभिन्न स्थानहरुमा मधुमेह र उच्च रक्तचाप परीक्षण कार्यक्रम लगायत अन्य सामाजिक कार्य गर्ने लक्ष्य लिएको छ ।

सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको भने नेपालमा वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई