2026-09-08 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत सिम्ता गाउँपालिकामा नमस्तेको टावर बिग्रदा टेलिफोन सेवा अवरुद्ध

साउन २९, सल्यान | सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन । झ्याममा रहेको  नमस्तेको टावरमा बिगत १ हप्ता देखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ । 

त्यस क्षेत्रमा रहेको नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउपालिकाको वडा न १ को घोरेरी, २ न को काफलकोट, ३ न को आग्रीगाउ, ४ न को बजेटिचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा न १ को नाम्रा, २ न को बामे घर्तिगाउ, ३ न को बामे औलबेशी लगाएतका वडा बासी टेलिफोन सेवाबाट बन्चित भएका छन् । अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरुमा  फोन सेवा अवरुद्ध हुँदा जनताहरुको प्रत्यक्ष बाहेक टेलीफोनबाट हुने काम प्रभावित भएको र जनताले दु:ख पाएको गुनासो सुनाउनु भएको छ । आफुले नेपाल टेलिकम कार्यालय सुर्खेतलाई बुझ्दा आफुहरुलाइ कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाके नेपालगन्जलाई जानकारी हुने बताएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ । 

यता सल्यान बनगाड कुपिण्डे  नगरपालिका वडा न २ सामाजिक परिचालन बिरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरुमा टेलिफोनले काम नगर्दा २/३ घन्टा हिडेर डाडाकाडा पुगेर टेलीफोन गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ । आफ्ना आफन्त लगाएत वडाका काम काजको विषयमा कुराकानी गर्न पर्दा घण्टौ हिडेर डाडाकाडा पुगेर फोन गर्न बाध्य भएको जानकारी दिएका छन् । उता नेपाल टेलिकम नेपालगन्ज बाकेका डाइरेक्टर प्रकाश प्रधानका अनुसार आफुहरुलाई कुनैपनि जानकारी नभएको बताउनु भएको छ । अब त्यसको बारेमा सम्बन्धि प्राबिधिक बुझ्न लगाएर त्यसको छिटै समाधान गरिने बताउनु भएको छ । एक हप्तासम्म पनि टेलिफोन टावर अवरुद्ध हुँदा सम्बन्धि कार्यालयले जानकारी छैन भन्दै पन्छिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल