Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 14, 2018 मुगु - MG, समाज

विप्लव नेतृत्वको बन्दले मुगु पूर्ण रुपमा प्रभावित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>दान बहादुर बुढा | साउन २९&nbsp; मुगु |</b> केही दिन अघि सरकारले नेकपाका नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा 'प्रकान्ड'लाई प्रक्राउगरेको विरोधमा आज गरेको बन्दले मुगु जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ ।<br></p><p>सरकारको नियन्त्रणमा रहेका प्रकाण्डलाई रिहाईको माग गदै विप्लपले देश व्यापी बन्द घोषणा गरेसँगै मुगुमा पनि शैक्षिक संस्था, यातायात लगाएत सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ ।</p><p>जिल्ला प्रशासन कार्यालयले कुनै पनि ठाउँमा नराम्रो घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारीएको छ।&nbsp;</p>