२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

छोराको परिक्षा बिग्रने डरले बाबुको मृत्यु हुँदा समेत ढाँटियो

२०७५, २९ श्रावण मंगलवार ०७:२५

प्रेम सुनार। साउन–२९, गुल्मी। गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन ।


सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा उति खेरै भुईमा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि यो संसारबाट बिदा भएका हुन ।

उनि गत चार दिनदेखि छोरालाई परिक्षा दिन तम्घास आएका थिए । छोरालाई परिक्षा केन्द्रमा पुराउनु अघिसम्म तम्घास वालमन्दिर लाईनमा रहेका उनका आफन्त गणेश श्रेष्ठ लगायतसंग बसेर चिया पिउँदै भलाकुसरी गर्दै थिए श्रेष्ठले । नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य थिए ।

उनको शव अब केहि वेरपछि सदरमुकाममा रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्यिष्टि गर्न जान लागेको साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए  । छोरालाई परिक्षा नसकिने बेलासम्म जानकारी दिईएको थिएन । परिक्षा सकिए लगत्तै बाबु विरामी परेर पाल्पा लगिएको छ भनेर ढाँड्दै लगिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस