२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनबाट १२ जना पक्राउ

२९ श्रावण २०७५, मंगलवार ०८:१९

साउन २९, रत्ननगर | चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । 

शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । 

केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केहीले शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिएको बताइएको छ । 

उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण आज यहाँको जनजीवन प्रभावित भएको छ । लामो दूरीका सवारी साधन चलेका छैनन् भने छोटो दूरीका फाटफुट चलेका छन् । विद्यालय र शैक्षिक संस्था एवं मुख्य बजार तथा कलकारखानासमेत बन्द छ । 

भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम निष्क्रिय टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । प्रहरीले भने सुरक्षा जाँचलाई कडा पारेको जनाइएको छ । जिल्लामा कुनै अप्रिय घटना भने भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो