प्रेम सुनार । साउन–२९, गुल्मी। छोरा विदेश हिडेको पनि दुई वर्ष भयो । छोरा हिडेको केहि महिना पछि बुहारीको चाल–चलन , नक्कल र बजार आवत जावतले गुल्मीका एक ससुरा बाजेले क्रमिक रुपले निगरानी बढाउन थाले छन ।
उत्तर वामीटक्सार जान्छु भनेकी बुहारी दक्षिण बुटवल वजार पुगेको पनि उनले थाह पाए छन । उनले दुखोसो पोख्दै भने–‘ छोरो खाडी मुलुकमा तातो घाम खाएर कमाउँदै बुहारीलाई पठाउँदै गर्र्छ पैसो । कमसेकम हामी बुढाबुढीलाई पठाए पनि त संगालेर राख्दीन्थीम् । ठुलै खालको मोवाईल पठा’छ । त्यो मोवाईलमा छिन छिन मै सिम फेर्छे । हामी बुढा बुढीले गन्दै आएका छम अहिलेसम्म उसले १७ वटा सिम कार्ड फेरेको हामीसंग त्यसका नम्वर नै छन ।
ति बृद्धले गोजीबाट झिकेर पलत्रो परेको डायरी देखाउँदै भने ल हेर्नुस यी नम्वरहरु यति धेरै मध्ये यो एउटा मात्र नमस्तेको हो अरु खै कुन कुन कम्पनीका हुन मलाई त बढो पत्तो छैन । कहिले काँही फोन आउँछ बाबु उसको । जुरुक्क भान्साबाट उठ्छे र अलि पर वारीको कुनाँ गएर बोल्छे ।
राती अवेरसम्म कोठाँ त्यही मोवाईलमा खास्खुसु चल्छ सुन्न पनि लाजै मर्नु खालको । कसैसित जान्छेकी भन्ने डर लाग्छ । ब्या गरेर केहि महिना पछि हिडेको हो छोरो । गर्भवति भई दिएको भए बरु कतै गए पनि एउटा सन्तान चिनो छ भन्न हुन्तो ।
कोही कुन चाँहीलाई हो कुन्नी फोनमा हामीले नसुने जस्तो गरी सासै सासले तँ–तँ र म–म गराउँछे , मरेको कोर्या भन्छे । असाध्धै झ्याम्मीकी छे तो सिता । छोरालाई बेला बेलामा सम्झाउन खोज्छम् उल्टै कुरा लगाए जस्तो ठानेर झर्किन खोज्छ ।
तपाईहरुले सोचे जस्तो छैन उ चिन्ता नलिनुस् भन्छ । लौ वाय अहिले हाम्ले लिन्नम चिन्ता भोली घर आउँदा न श्रीमति न पैसा हुन परो भने बल्ल त्यति बेला तैले लेलास् चिन्ता भन्छम् हामी बुढा बुढीले नै ।
खै को आफन्त छन भनि र अँस्ती डेढ महिनासम्म बुटवल बसेर आई । त्यहाँबाट फर्के पछि अलि दुव्ली र निन्याउरी देखिन्छे । धेरै जसो मोवाईल फेशबुकमा बस्छे । काम गर्ने तन्तो गर्दिन । के गर्नु केटी त राम्रै घरानकी हो, रुपासे पनि छ , छोराले छानेरै माग्न ग’को हो, तर के गर्नु रुप खाएर भएन ब्यहोरा फिटिक्कै ठिक लागेको छैन । १० पास गरीकी हो भन्छन । कहिले कसो उसका अक्षर हेर्छु, म स्कुल कै मुख नदेखेको मान्छेका भन्दा पनि शुद्ध देख्दीँन ।
पर साईलाका छोराले विदेशबाट यस्तै फुलफुलाउदाँ चार पाँच लाख र उसैका नाममा किनेको घडेरीसम्म कुम्लाएर उसकी स्वास्नी हिडी । हाम्राँका बादुरले पनि त्यसरी नै फुलफुलाउँदा त्यस्तै हुनी हो कि भन्ने हाम्लाई पिरलो छ । साउन सक्रान्ति पछि त साँझ घरबाट निस्कन पनि उसलाई सजिलो भ’को छ । तिजा गित गाउँन फलानाकहाँ जान्छु भनेर हिड्छे । अर्को दिन कस्तो कस्तो चेहेरा ल्याएर आउँछे ।
राती डर लागेर फलानी साथीकहाँ सुतेर आईकिम भन्छे क्यारे , अरु कुरो दैवले जानुन् । लौनबाबु तिम्ले त यस्ता कुरा धेरै पटक उठाएको सुन्छु, मेरो यस्तो पिर बेथा पनि सुनाई देउन । उनले थपे हामी जस्ता अरु बाउ आमाहरु प्नि छोरो विदेश छ भन्नु मात्रै भए होलान । पैसा पठाउने श्रीमतिलाई , पोस्सीने अर्कै पो भ्वाछन कि ?
गोरु हेर्दै चौपारीमा यसरी दुखेसो पोख्दै गरेका ति बृद्ध गोरु तहला तिर लागे संगै आफु पनि लागे घरतिर । त्यति नै बेला एउटा समाचारका लागि फोन आयो र जानकारी गराईयो गुल्मी मै सरकारी निकायबाटै महिला एक श्रीमान दुई वटा कागजी प्रमाण बनाई दिएको छ ।
त्यति मात्र होईन ति महिलाको सन्तानका बाबु समेत दुई वटा रहेका छन । एउटा श्रीमान स्वदेश मै छन अर्का श्रीमान विदेशमा छन । विदेशमा हुनेले तिनै श्रीमतिका नाममा किनी दिएको शहरको पचासौ लाख मुल्य पर्ने पक्की घर बेचेर श्रीमति टाप । कागजी प्रमाणमा भने श्रीमान दुई वटै । सन्तानका बाबु पनि दुई वटै । यस्तो रोचक कथाको मिहिन संग रिर्पोटिङ्ग गर्न यो पंक्तिकार पनि लाग्यो त्यतै तिर….