२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हैरान छन् ससुरा बा बुहारीको एउटा मोवाईलमा १७ सिमकार्ड भएपछी…

२०७५, २९ श्रावण मंगलवार ११:३४

प्रेम सुनार । साउन–२९, गुल्मी।  छोरा विदेश हिडेको पनि दुई वर्ष भयो ।  छोरा हिडेको केहि महिना पछि बुहारीको चाल–चलन , नक्कल र बजार आवत जावतले गुल्मीका एक ससुरा बाजेले क्रमिक रुपले निगरानी बढाउन थाले छन ।

उत्तर वामीटक्सार जान्छु भनेकी बुहारी दक्षिण बुटवल वजार पुगेको पनि उनले थाह पाए छन ।  उनले दुखोसो पोख्दै भने–‘ छोरो खाडी मुलुकमा तातो घाम खाएर कमाउँदै बुहारीलाई पठाउँदै गर्र्छ पैसो । कमसेकम हामी बुढाबुढीलाई पठाए पनि त संगालेर राख्दीन्थीम् । ठुलै खालको मोवाईल पठा’छ । त्यो मोवाईलमा छिन छिन मै सिम फेर्छे । हामी बुढा बुढीले गन्दै आएका छम अहिलेसम्म उसले १७ वटा सिम कार्ड फेरेको हामीसंग त्यसका नम्वर नै छन ।

ति बृद्धले  गोजीबाट झिकेर पलत्रो परेको डायरी देखाउँदै भने ल हेर्नुस यी नम्वरहरु यति धेरै मध्ये यो एउटा मात्र नमस्तेको हो अरु खै कुन कुन कम्पनीका हुन मलाई त बढो पत्तो छैन । कहिले काँही फोन आउँछ बाबु उसको । जुरुक्क भान्साबाट उठ्छे र अलि पर वारीको कुनाँ गएर बोल्छे ।

राती अवेरसम्म कोठाँ त्यही मोवाईलमा खास्खुसु चल्छ सुन्न पनि लाजै मर्नु खालको । कसैसित जान्छेकी भन्ने डर लाग्छ । ब्या गरेर केहि महिना पछि हिडेको हो छोरो । गर्भवति भई दिएको भए बरु कतै गए पनि एउटा सन्तान चिनो छ भन्न हुन्तो ।

कोही कुन चाँहीलाई हो कुन्नी फोनमा हामीले नसुने जस्तो गरी सासै सासले तँ–तँ र म–म गराउँछे , मरेको कोर्या भन्छे । असाध्धै झ्याम्मीकी छे तो सिता । छोरालाई बेला बेलामा सम्झाउन खोज्छम् उल्टै कुरा लगाए जस्तो ठानेर झर्किन खोज्छ ।

तपाईहरुले सोचे जस्तो छैन उ चिन्ता नलिनुस् भन्छ । लौ वाय अहिले हाम्ले लिन्नम चिन्ता भोली घर आउँदा न श्रीमति न पैसा हुन परो भने बल्ल त्यति बेला तैले लेलास् चिन्ता भन्छम् हामी बुढा बुढीले नै ।

खै को आफन्त छन भनि र अँस्ती डेढ महिनासम्म बुटवल बसेर आई । त्यहाँबाट फर्के पछि अलि दुव्ली र निन्याउरी देखिन्छे ।  धेरै जसो मोवाईल फेशबुकमा बस्छे । काम गर्ने तन्तो गर्दिन । के गर्नु केटी त राम्रै घरानकी हो, रुपासे पनि छ , छोराले छानेरै माग्न ग’को हो, तर के गर्नु रुप खाएर भएन ब्यहोरा फिटिक्कै ठिक लागेको छैन । १० पास गरीकी हो भन्छन । कहिले कसो उसका अक्षर हेर्छु, म स्कुल कै मुख नदेखेको मान्छेका भन्दा पनि शुद्ध देख्दीँन ।

पर साईलाका छोराले विदेशबाट यस्तै फुलफुलाउदाँ  चार पाँच लाख  र उसैका नाममा किनेको घडेरीसम्म कुम्लाएर उसकी स्वास्नी हिडी । हाम्राँका बादुरले पनि त्यसरी नै फुलफुलाउँदा त्यस्तै हुनी हो कि भन्ने हाम्लाई पिरलो छ । साउन सक्रान्ति पछि त साँझ घरबाट निस्कन पनि उसलाई सजिलो भ’को छ । तिजा गित गाउँन  फलानाकहाँ जान्छु भनेर हिड्छे । अर्को दिन कस्तो कस्तो चेहेरा ल्याएर आउँछे । 

राती डर लागेर फलानी साथीकहाँ सुतेर आईकिम भन्छे क्यारे , अरु कुरो दैवले जानुन् । लौनबाबु तिम्ले त यस्ता कुरा धेरै पटक उठाएको सुन्छु, मेरो यस्तो पिर बेथा पनि सुनाई देउन । उनले थपे  हामी जस्ता अरु बाउ आमाहरु प्नि छोरो विदेश छ भन्नु मात्रै भए होलान । पैसा पठाउने श्रीमतिलाई , पोस्सीने अर्कै पो भ्वाछन कि ?

गोरु हेर्दै चौपारीमा यसरी दुखेसो पोख्दै गरेका ति बृद्ध गोरु तहला तिर लागे संगै आफु पनि लागे घरतिर ।  त्यति नै बेला एउटा समाचारका लागि फोन आयो  र जानकारी गराईयो गुल्मी मै  सरकारी निकायबाटै  महिला एक श्रीमान दुई वटा कागजी प्रमाण बनाई दिएको छ ।

त्यति मात्र होईन ति महिलाको सन्तानका बाबु समेत दुई वटा रहेका छन । एउटा श्रीमान स्वदेश मै छन अर्का श्रीमान विदेशमा छन । विदेशमा हुनेले तिनै श्रीमतिका नाममा किनी दिएको शहरको पचासौ लाख मुल्य पर्ने पक्की घर बेचेर श्रीमति टाप । कागजी प्रमाणमा भने श्रीमान दुई वटै । सन्तानका बाबु पनि दुई वटै । यस्तो रोचक कथाको मिहिन संग रिर्पोटिङ्ग गर्न यो पंक्तिकार पनि लाग्यो त्यतै तिर….

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस