२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

२०७५, ३० श्रावण बुधबार ०५:५१

साउन ३०, नवलपरासी | पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हँुदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् । 

दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । 

सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्थामा पनि निकै असहज हुने अवस्था छ । यसैगरी सडक बिग्रिएकै कारण पर्याप्त मात्रामा पहाडी क्षेत्रमा खाद्यान्न ढुवानीमा समेत समस्या देखा परेको छ । 

पहाडी क्षेत्रको दलदले–बुलिङटार सडकखण्डअन्तर्गत रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका पहाडी क्षेत्रमा अविरल वर्षापछि सडक बिग्रिएका छन् । 

यसैगरी कालीगण्डकी कोरिडोरअन्तर्गतको पहाडी क्षेत्रका विभिन्न स्थानमा सडक बिग्रिएका छन् । पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएकै कारण पहाडी क्षेत्रका यात्रा निकै जोखिमपूर्ण र कष्टकर बन्ने गरेको पाइन्छ । 

कालीण्डकी कोरिडोर मुख्य स्थान गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना तरङ्गखोला सिमाना बिग्रिएको छ । यसबाहेक अन्य धैरे स्थानमा सडक बिग्रिएको छ । 

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जाने सडकखण्ड दलदले–बुलिङ्टार र कालीगण्डकी कोरिडोर सडकखण्ड गरी दुई वटामात्र वैकल्पिक सडक मार्ग हुन् । जुन अधिकांश सडक पक्की नहुँदा वर्षाको समयमा सडक बिग्रिने हुँदा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य हुने गरेको अवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु