दान बहादुर बुढा | साउन ३०, मुगु | प्रहरी प्रधान कार्यालय लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौबाट सरुवा भई मुगु जिल्लामा हाजिरी भएको दोस्रो दिन मुगु जिल्लामा रहेका पत्रकारहरुसंग पहिलो भेटघाटमा हिएसपी राजेन्द्र बाबु रेग्मीले आफ्नो मुगुमा पहिलो काम भनेको कुलतमा लागेका यूवाहरुलाई सुध्रिकरण र पर्यटकहरुलाई सुरक्षा दिने रहेको बताएका छन् ।

उनले अबैध रुपमा निमार्ण गरीने घरेलु मदिरी, लागु औषध न्यूनीकरण, टोले गुन्डा, महिला सम्बन्धि हिंशा, चोरी-डकैति जस्ता घटना न्यूनीकरण गर्ने, अन्य बिकास निमाण गतिबिधीमा समेत संलग्न हुने अबैध रुपमा चोरी निकासी सामानहरुको समेत रोक लगाउने समेत डिएसपि रेग्मीले बताएका छन् ।

पत्रकार र डिएसपिसँगको पहिलो भेट-घाटमा जिल्लाभरिको कुनै निकायबाट आएका घटनाहरु पत्रकारलाई सहजै उपलब्ध गरीने, मदिरा नियन्त्रण, लागु औषध, चोरी जस्ता घटनाहरुलाई न्यूनीकरण गर्नुपर्ने आफुहरुको पहिलो आवश्याकता देखिएको र मुगु जिल्लामा सबैभन्दा शान्ती सुरक्षाको कडा ब्याबस्था देख्न पाउने आसामा रहेको नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्क्षय नृपेन्द्र बहादुर मल्लले राखेका छन ।

यस पत्रकार भेट-घाटमा जिल्लामा रहेका १ दर्जन भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको छ ।