२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भजन गाएर मन्दिर निर्माण, चौपारी र पौवाको उद्घाटन

१४ बैशाख २०७३, मंगलवार १३:३८

बैशाख १४, वामी (गुल्मी) । वामी ६ दाल्कामा रहेको एक आमा समुहको सक्रियतामा निर्माण गरिएको गणेश मन्दिरको आज उद्घाटन गरिएको छ । दाल्कामा रहेको नवदुर्गा भगबती आमा समुहको सक्रियतामा आमा समुहले रातीमा गाँउ घरमा भजन गाउँदै तथा चन्दा संकलन गरि संकलन गरेको रकम बाट सोही मन्दिर निर्माण गरिएको थियो ।

२०७० सालमा निर्माण कार्य शुरु गरिएको मन्दिरको केही समय अगाडी निर्माण कार्य सम्पन्न भएको थियो । साथै आजै कार्यक्रमको अवसरमा रायमाझी कुल देबता समितिको मन्दिरमा संकलित भेटी र रायमाझीहरुको चन्दाबाट निर्माण गरिएको चौपारी समेत उद्घाटन गरिएको छ । उक्त चौपारी रायमाझीहरुले स्वर्गीय रायमाझी पुर्बज हरुको स्मृतिमा सहयोग संकलन गरि निर्माण गरेका हुन । सोही चौपारी निर्माणको लागी रायमाझीलेहरु रु २४ हजार ६ सय रुपैया संकलन गरेका थिए । यस्तैगरी आजै दाल्कामा निर्माण भएको पौवाको समेत उदघाटन गरिएको छ । पौवा निर्माणको लागी हाल जापानमा रहनुभएका समाजसेबी भिम सापकोटाले नगद रु १ लाख ८० हजार सहयोग गर्नुभएको दाल्काका समाजसेबी फन बहादुर रायमाझीले जानकारी दिनुभयो ।

मन्दिर उद्घाटन कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष शष्टि देबी केसीको अध्यक्षता रहेका थियो भने पण्डित उमानन्द पोखरेलको प्रमुख आतित्थ्यता रहेको थियो । भने पौवा निर्माणको लागी अधिकतम सहयोग गर्नुहुने भिम सापकोटाकी ममतामयी माता पुतली सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नै बक्ताहरुले महिलाहरुले रातीमा अरुको घरमा भजन आएर सहयोग उठाइ यो मन्दिर निर्माण गर्दा सम्म निकै समस्याहरु सामाना गर्न परेको बताएका थिए ।

कार्यक्रममा समाजसेबी तथा बुद्धिजिवि फन बहादुर रायमाझी तथा कमल केसी आयब्याय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आमा समुहकी सदस्य रिमा रायमाझीले स्वागत मन्तब्य राख्नुभएको थियो भने मालीका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलकी शिक्षिका अनिशा रायमाझी केसीले गर्नुभएको थियो । कार्यक्रममा मन्दिरमा निर्माणमा सहयोग गर्नुहुने सहयोगीहरु कमल केसी, खिम बहादुर रायमाझी माइलाबा, महेन्द्र केसी लगायतलाई सम्मान गरिएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव