२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गरिबको नाममा परिचय पत्र लिने धनिको नाम सार्वजनिक गर्छुः नगर प्रमुख कुवर

१ भाद्र २०७५, शुक्रबार १६:३९

कमल रावल | भदौ १, अछाम | साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले धनि भएर गरिबको नाममा परिचय पत्र लिनेको नाम संञ्चार माध्यामबाट सार्वजनिक गर्ने बताउनु भएको छ । जतिसुकै शक्तिशालि धनि भएपनी कारबाही गर्ने हिम्मत आफु र आफ्नो नगरसँग भएकाले अछाम जिल्लाका सबै संञ्चार माध्याममा नामावलि सार्वजनिक सहीत कारबाही गरेर छाड्ने बताउनु भएको छ । नगरपालिकाको आवधिक योजना निर्माणका लागि नगर बिकास योजना तर्जुमा कार्यशाला गोष्ठिको उदघाट्न गर्दै कुवरले जताततै धनिले गरिबको परिचयपत्र पाए भन्ने समाचार बाहीर आईरहेकाले आफ्नो नगरमा त्यसो हुन नदिन बास्तविक सबै छानविन गरेर छाड्ने प्रतिबद्धता जनाउनु भयो ।


आगामि ५ बर्ष भित्र नगरको लक्ष्य उद्देश्य प्राप्तीका लागि सुरु भएको ३ दिने कार्यशालाको गोष्ठिको अध्यक्षता सहीत उदघाट्न गर्दै कुवरले नगरपालिकाको शिक्षा, स्वास्थ्य, बिकासका पुर्वाधारलाई कसरी अगाडी बढउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल सहीत ५ बर्षे आवधिक योजना निर्माण गरिने नगर प्रमुख कुल बहादुर कुवरले बताउनु भयो । नगरले तयार पारेको ५ बर्षे आवधिक योजना तयार पारि जिल्लाका सबै सरोकारवाला, बिज्ञ, राजनितिज्ञ, पुर्व सांसद, मन्त्रि, प्रदेश, केन्द्र सरकारलाई जानकारी सहीत छलफल गरिने कुवरले जानकारी दिनु भयो । गोष्ठिको उदघाट्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता शिलोज कुवरले साँफेबगर नगरपालिका नमुनाका रुपमा अगाडी बढि रहेकाले आगामि दिनमा ५ बर्षे आवधिक योजनाले झनै टेवा पुग्ने बताउनु भयो । सकारात्मक कुराहरुलाई अन्य जोड् दिदै जिल्लाका अरु स्थानिय सरकारलाई सिकाउदै अगाडी बढन सुझाव दिनु भएको थियो । नेपाली काग्रेसका महासमिती सदस्य राजन कुवरले देश भरमा सबै हिसाबले साफे नगर अग्र स्थानमा रहेकाले अझै नगरको नाम बचाईराख्न सबैले साथ दिनु पर्ने बताउनु भयो । 


सबै क्षेत्रबाट सम्पन्न नगर भएकाले अब नयाँ सोच र भिजनका साथ अगाडी उपलब्धी हासिल गर्ने सकिने भनाई राखेका थिए । कार्यक्रममा सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडिले समग्र आवधिक योजना कस्तो हुनुपर्छ कसरी तयार पारिदैछ भन्ने बिषयमा जानकारी गराएका थिए । ३ दिन सम्म चल्ने गोष्ठिमा राजिनितक दलका प्रतिनिधी, कार्यपालिका सदस्य, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधीको सहभागिता रहेको छ । सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्यको प्राबिधिक सहयोग र साफेबगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य नगरउपप्रमुख विरमला बुड्थापाले राख्नु भएको हो भने संञ्चालन बालाराम भाटले गर्नु भएको हो । गोष्ठिको सहजिकरण सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडि, सामाजिक बिकास प्रमुख विजयराज पन्त, आर्थिक बिकास प्रमुख दिपेन्द्र श्याम घिमिरे, वातावरण तथा विपद प्रमुख बसन्तराज भट्राई र सुशासन तथा संस्थागत बिकास प्रमुख गोबिन्द अधिकारीले गरिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला