२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

२०७५, २ भाद्र शनिबार ०९:४७

भदौ २, लहान | सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्लामा हुँदै आएको विद्युत् प्राधिकरणको एकल प्रयासबाट चुहावट नियन्त्रण सम्भव नभएकाले त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । 

विद्युत् चुहावट जिल्लाकै मुख्य चुनौतीका रुपमा देखिएको भन्दै सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले विद्युत् चुहावट नियन्त्रण र विद्युत् व्यवस्थापनमा सघाउन तयार रहेको बताउनुभयो । 

नगरपालिकाका तर्फबाट के सहयोग गर्न सकिन्छ, त्यो ठोस योजना प्राधिकरणका तर्फबाट आओस्, उहाँले भन्नुभयो, “योजना आएपछि नगरपालिकाले सहयोग र सहकार्य गर्न तयार छ ।” जनतालाई मुस्कानसहितको सेवा दिन विद्युत् प्राधिकरणले डिजिटल मिटरलगायतका नयाँ प्रविधिलाई आत्मसात् गर्ने गरी व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको कथन थियो । 

उत्तरी भेगभन्दा भारतीय सीमासँग जोडिएको दक्षिणी क्षेत्रमा व्यापक विद्युत् चुहावट भइरहेको भन्दै सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले विद्युत् चुहावट नियन्त्रणका लागि सबै प्रकारले आफूहरुसँग सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पैसा बुझाएर पनि महिनौँसम्म विद्युत् मिटरका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने समस्या अन्त्य गर्न सकिए चुहावट नियन्त्रण सहज हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

सो अवसरमा सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले विद्युत् चुहावट नियन्त्रण सँगसँगै सहजरुपमा ग्राहकले महशुल बुझाउने वातावरण मिलाउन प्राधिकरण व्यवस्थापनलाई सुझाव दिनुभयो । “विद्युत् चुहावट अन्त्यका लागि हामी पनि प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “तर ग्राहकले समयमै विद्युत् मिटर र सहजरुपमा महशुल बुझाउने वातारण भएमा टाढाटाढाका ग्राहकलाई सहज र सुलभ हुन्थ्यो ।” 

कार्यक्रममा प्रदेशसभा सदस्य लगनलाल चौधरीले मुलुक समृद्धिको आधार विद्युत् र ऊर्जा भए पनि यसमा चुहावट हुनु दुःखद् भएको भन्दै त्यसलाई नियन्त्रण गर्न ठोस योजना बनाउन सुझाव दिनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले सिराहामा करीब ३५ प्रतिशत अझै विद्युत् चुहावट भइरहेको भन्दै सहयोग गर्न स्थानीय तहका प्रमुखसँग आग्रह गर्नुभयो । सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर महशुल बुझाउन अनलाइन सेवा सञ्चालनमा ल्याएको प्रमुख यादवले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला