२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

२ भाद्र २०७५, शनिबार ०९:४७

भदौ २, लहान | सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्लामा हुँदै आएको विद्युत् प्राधिकरणको एकल प्रयासबाट चुहावट नियन्त्रण सम्भव नभएकाले त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । 

विद्युत् चुहावट जिल्लाकै मुख्य चुनौतीका रुपमा देखिएको भन्दै सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले विद्युत् चुहावट नियन्त्रण र विद्युत् व्यवस्थापनमा सघाउन तयार रहेको बताउनुभयो । 

नगरपालिकाका तर्फबाट के सहयोग गर्न सकिन्छ, त्यो ठोस योजना प्राधिकरणका तर्फबाट आओस्, उहाँले भन्नुभयो, “योजना आएपछि नगरपालिकाले सहयोग र सहकार्य गर्न तयार छ ।” जनतालाई मुस्कानसहितको सेवा दिन विद्युत् प्राधिकरणले डिजिटल मिटरलगायतका नयाँ प्रविधिलाई आत्मसात् गर्ने गरी व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको कथन थियो । 

उत्तरी भेगभन्दा भारतीय सीमासँग जोडिएको दक्षिणी क्षेत्रमा व्यापक विद्युत् चुहावट भइरहेको भन्दै सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले विद्युत् चुहावट नियन्त्रणका लागि सबै प्रकारले आफूहरुसँग सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पैसा बुझाएर पनि महिनौँसम्म विद्युत् मिटरका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने समस्या अन्त्य गर्न सकिए चुहावट नियन्त्रण सहज हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

सो अवसरमा सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले विद्युत् चुहावट नियन्त्रण सँगसँगै सहजरुपमा ग्राहकले महशुल बुझाउने वातावरण मिलाउन प्राधिकरण व्यवस्थापनलाई सुझाव दिनुभयो । “विद्युत् चुहावट अन्त्यका लागि हामी पनि प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “तर ग्राहकले समयमै विद्युत् मिटर र सहजरुपमा महशुल बुझाउने वातारण भएमा टाढाटाढाका ग्राहकलाई सहज र सुलभ हुन्थ्यो ।” 

कार्यक्रममा प्रदेशसभा सदस्य लगनलाल चौधरीले मुलुक समृद्धिको आधार विद्युत् र ऊर्जा भए पनि यसमा चुहावट हुनु दुःखद् भएको भन्दै त्यसलाई नियन्त्रण गर्न ठोस योजना बनाउन सुझाव दिनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले सिराहामा करीब ३५ प्रतिशत अझै विद्युत् चुहावट भइरहेको भन्दै सहयोग गर्न स्थानीय तहका प्रमुखसँग आग्रह गर्नुभयो । सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर महशुल बुझाउन अनलाइन सेवा सञ्चालनमा ल्याएको प्रमुख यादवले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान