२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु

२०७५, २ भाद्र शनिबार १०:१८

नन्द बहादुर रोकाया | भदौ २, मुगु | विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालीका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालीका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।  


हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिए संगै छायाँनाथ धाम तिर्थ यात्र शुरु भएको मानिन्छ ।आज लगिएको शिवजीको मूर्ति जनैपूर्णीसम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागी मुगु लगायत, जुम्ला हुम्ला कालीकोट डोल्पा दैलेख, जाजरकोट , बाजुरा ,अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन ।जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाईंले बताए । 


विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ ।उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ  । आज प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, भोली  नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तिर्थालुहरु जाने भएका छन् । त्यहाँ पनी मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गर्द आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा